www.tandavnews.com
Fact ~ In search of truth

‘सरकारको अभियानमा साथ दिन युवालाई गृहमन्त्रीको आग्रह’

hima aus

काठमाडौँ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजको विकृति र विसङ्गतिविरुद्ध सरकारले शुरु गरेको अभियानमा युवालाई साथ दिन आह्वान गरेका छन् ।

आज योङ कम्युनिष्ट लिग (वाइसिएल)ले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाको भूमिका तथा अन्तरक्रिया’ विषयक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुखसमेत रहेका गृहमन्त्री थापाले भ्रष्ट, तस्कर, सिन्डिकेटविरुद्ध अभियान शुरु गरेको भन्दै यसलाई निष्कर्षमा पु¥याई छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले गृह मन्त्रालयले मदिरा नियन्त्रण अभियान शुरु गर्न लागेको जानकारी दिँदै सो अभियानमा युवालाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे ।

classic tech

गृहमन्त्री थापाले वाइसिएललाई उत्पादन ब्रिगेडका रुपमा अघि बढाउने पार्टीको योजना रहेको भन्दै अब त्यसका लागि समेत गृहकार्य गरिने बताए ।

उनले जनताको आकांक्षा र देशको विकास तथा समृद्धिको लक्ष्यसहित माओवादी केन्द्र र नेकपा (एमाले) बीचको पार्टी एकता अन्तिम चरणमा पुगेको जानकारी दिए ।

 

(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...