www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमै फर्किएर काम गर्न पाउँ : एसपी सिंह

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी अशोक सिंहले आफ्नो करिअरमै कास्की अविस्मरणीय कार्यक्षेत्र रहेको बताएका छन् । ताण्डव न्यूजले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै सिंहले शान्ती सुरक्षा कायम गर्ने कार्यमा सबै स्तरबाट पाएको साथ सहयोगले नै अविस्मरणीय बनाएको उल्लेख गरे ।

‘कास्कीमा सबैको साथ पाएँ । मैले पनि दिलोज्यान लगाएर जनतालाई सुरक्षाको प्रत्याभूत गराएँजस्तो लाग्छ,’ उनले भने, ‘अहिलेसम्मको करिअरमा मेरो अविस्मरणीय कार्यक्षेत्र कास्की नै हो । यहीँ आएर फेरी जनताको सेवा सुरक्षा गर्न पाउँ ।’

Batas

प्रहरीमा सरुवा नौलो कुरा नभएको उल्लेख गर्दै उनले जहाँ रहेपनि देश र जनताको सुरक्षामा सधैं तल्लीन रहने प्रतिबद्धता व्यक्त गरे ।

ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीले कास्की स्मरणयोग्य एसपीको छाप बसाल्न सफल एसपीको रुपमा अशोक सिंहलाई चित्रित गरे । ‘कास्कीमा धेरै एसपीले नेतृत्व गरे । तर कस्केलीले अशोकलाई सम्झीरहने छन्,’ उनले भने, ‘अशोक सरको सक्षम कार्यशैलीले पनि उहाँ सबै कस्केलीका लागि स्मरणयोग्य एसपी हुनुहुन्छ ।’

एसपी सिंह सरुवा भएर काठमाडौं जाँदैछन् । कास्कीमा ९ महिना सेवा गरेका एसपी सिंहको सरुवा महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा भएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.