www.tandavnews.com
Fact ~ In search of truth

‘भिमकाली कप’ उपाधीका लागी तारा र संगम भिड्ने

पोखरा ।

पुरानो टुडिखेल मैदानमा जारी दोस्रो भिमकाली कपको उपाधीका लागी तारा फुटबल क्लब र सँगम फुटबल क्लब भिड्ने भएका छन ।

मंगलबार सम्पन्न सेमिफाईनलमा लेकसाईड फुटबल क्लबलाई ट्राईबेकर मार्फत २–० को गोल अन्तरले पराजित गर्दै सँगम फुटबल क्लब फाईनल प्रबेश गरेको हो । खेलको निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो ।

Batas

संगमका गोल रक्षक राजन गुरुङले आकर्षक बचाउ गर्दै म्यान अफ द म्याच बन्न सफल भए । म्यान अफ द म्याच बन्न सफल उनले ट्रफि तथा आकर्षक एक सेट मोबाई हात पारे ।

रत्न समाज सेवा र तारा फुटबल क्लब बिच भएको दोस्रो सेमिफाईनल खेल १÷१ को बराबरीमा सकिएपछि ट्राईबेकर मार्फत ३–१ को गोल अन्तरले रत्न समाजलाई हराउदै फाईनलमा सँगम सँगको भेट पक्का ग¥यो ।

दोस्रो हाफमा तारा फुटबल क्लबका गोबिन थापाले गोल गर्दै आफ्नो टिमलाई जित तर्फ डो¥याएता पति रत्न समाजका प्रेम बहादुर छन्त्यालले जवाफी गोल फर्काईदिए ।

त्यसको केही बेरमै ताराका कृष्ण कुँवरले रत्न समाजका खेलाडीलाई लडाईदिएपछि रातो कार्ड पाउदै कुँवर मैदान बाहिरीए । त्यस लगत्तै ताराकै अर्का खेलाडी लक्ष्मण रुचालले नियतबश हातले बल प्रहार गरेको भन्दै पहेलो कार्डको शिकार बने ।

सो कार्ड उनको लागी प्रतियोगिताको दोस्रो पहेलो कार्ड बन्न पुग्यो । जसको कारण उनी फाईनल खेलमा मैदानमा प्रबेश पाउने छैनन् । उक्त खेलबाट तारा फुटबल क्लबका गोबिन थापा म्यान अफ द म्याच घोषित भए । थापाले ट्रफि तथा आकर्षक एक सेट मोबाई प्राप्त गरे ।

बुधबार मध्यान्न १२ बजे सम्पन्न हुने फाईनल खेलमा तारा फुटबल क्लको तर्फबाट ६ जना मात्र खेलाडी मैदानमा उत्रनेछन ।

यसै बिच सँगम फुटबल क्लबका टिम म्यानेजर माया गुरुङले कपको उपाधी आफ्नो पोल्टामा पर्ने दाबि गरेका छन ।

उनले सेमिफाईनलका खेल समापन भए पश्चात आयोजित पत्रकार सम्मेलमा बोल्दै बिपक्षी टिम तारा फुटबल क्लबले आफ्नो महत्वपुर्ण दुई खेलाडी गुमाउन पुगेकोले उपाधी जित्ने दाबी गरेका हुन ।

उनले भने “हाम्रो टिममा यसै पनि गुणस्तरिय खेलाडी थिए, झन दुईबटा राम्रा खेलाडी बिना बिपक्षी टिम मैदानमा उत्रने भएपछि हामी सहजै जित्छौ ।”

बुधबार अखिल नेपाल फुटबल सँघका नबनिर्बाचित केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा फाईनल खेल सम्पन्न हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.