www.tandavnews.com
Fact ~ In search of truth

पोखराका सुजतको पोर्चुगलमा निधन

लिस्बन (रासस)

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हालै निधन भएको छ ।

राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको निधन भएको गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले राससलाई जानकारी दिए ।

Batas

अध्यक्ष कार्कीका अनुसार अचेत अवस्थामा फेला परेका कार्कीको उपचारका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा निधन भएको हो । कार्कीलाई गत वैशाख १८ गतेका दिन प्रहरीले अचेत अवस्थामा सडकमा फेलापारेको थियो ।

उनी विगत तीन वर्षदेखि पोर्चुगल बस्दै आएका थिए । परिवार र आफन्तजनको सल्लाहबमोजिम उनको शव पोर्चुगलमै अन्त्येष्टी गरिने तयारी गरिएको अध्यक्ष कार्कीले बताए । कार्कीको शव परीक्षण रिपोर्ट भने प्राप्त नभएको उनले बताए ।

कार्कीको शव लिस्बनस्थित मार्तिम मोनिजमा रहेको साओ जोशे अस्पतालमा राखिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.