www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा आमन्त्रण टेबल टेनिस प्रतियोगिता सुरु

पोखरा ।

कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा बिहिबार देखि पोखरामा दोश्रो आमन्त्रित टेबल टेनिस प्रतियोगिता २०७५ सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशालामा पूर्वाधार बिकासमा गति दिन चाहेको बताए । उनले टेबल टेनिस खेलको पूर्वाधारमा जती बिकास हुनु पर्ने हो त्यो हुन नसकेको प्रशंग राख्दै भने–“१३ औं दक्षिण एशियाली खेलकुद (साग)मा टेबुल टेनिस बाट समेत पदकको आशा लिएका छौं ।”

Batas

पोखरामा टेबल टेनिस खेलका लागि व्यवस्थित इन्डोर कोर्ट निर्मांण गर्ने वा व्याडमिन्टन कोर्टको निर्माण सम्पन्न भएपछि हालको व्याडमिन्टन कोर्ट लाई नै प्रयोग गर्ने गरी व्यवस्था मिलाउने अध्यक्ष पौडेलले बताए ।

उद्घाटन कार्यक्रममा कास्की जिल्ला टेबल टेनिस संघका सल्लाहकार बाबुराम पन्तले यस्ता प्रतियोगिताले टेबुल टेनिस खेलका नयाँ पुस्ताका खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।

madi
machhapuchre

कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघकी उपाध्यक्ष निर्मला बराल, सचिब फणिन्द्र तिमिल्सिना लगाएतले मन्तव्य राखेका थिए ।

उक्त आमन्त्रित टेबल टेनिस प्रतियोगितामा ८ जिल्लाका जुनियर तथा सिनियर महिला २५ पुरुष २२ गरि ४७ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

तिन दिन सम्म चल्ने प्रतियोगितामा बिजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न ३ लाख खर्च लाग्ने अध्यक्ष जोशीले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.