www.tandavnews.com
Fact ~ In search of truth

भण्डारढीकमा ज्येष्ठ नागरीक स्वास्थ्य शिविर सम्पन्न

पोखरा
ताण्डव न्यूज ।

पोखरा २९ भण्डारढीकमा ज्येष्ठ नागरीक स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाको आयोजनामा सञ्चालीत शिविरबाट २६० जनाले लाभ लिए ।

शिविरको महानगर प्रमुख मानबहादुर जिसीले उद्घाटन गरेका थिए ।

Batas

चेष्स्ट फिजिसियन डा सिपि आचार्य लगायत स्त्री रोग विशेषज्ञहरुले ज्येष्ठ नागरीकहरुको सुगर, आँखा जाँच गर्नुका साथै निशुल्क औषधी वितरण गरे ।

शिविरमा महानगर स्वास्थ्य महाशाखाका संयोजक हेमन्त शर्माको पनि उपस्थिती रहेको थियो ।

२९का वडाध्यक्ष चेत बहादुर गुरुङको अध्यक्षतामा स्वास्थ्य शिविर कार्यक्रमको सञ्चालन राजेन्द्र पौडेलले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.