www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश स्तरीय खुला शारीरिक सुगठन प्रतियोगिता पोखरामा

पोखरा
विनिता सुनार, ताण्डव न्यूज ।

प्रदेश स्तरीय खुला शारीरिक सुगठन प्रतियोगिता २०७५ (चौंथो मिस्टर माछापुच्छे तथा पहिलो महिला फिजीक फिट्नेस प्रतियोगिता) पोखरामा हुने भएको छ ।

कास्की जिल्ला शारीरिक सुगठन तथा फिट्नेश संघको आयोजनामा आगामि साउन २५ र २६ गते पोखरामा हुने विहीबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Batas

प्रतियोगितामा ५५ केजी देखि ७५ प्लस केजीसम्म ६ वटा तौल समूहमा प्रदेश ४ र ५ भित्रका जिल्लाबाट १०० भन्दा बढी खेलाडीहरुको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । साथै, चौंथो मिस्टर माछापुच्छे« हुने खेलाडीलाई नगद ५० हजार, द्वितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १५ हजार, चौंथो स्थान प्राप्त गर्नेलाई १२ हजार, पाँचौ स्थान प्राप्त गर्ने खेलाडिलाई १० हजार र छैठौं स्थान प्राप्त गर्ने खेलाडिलाई ८ हजार नगद रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक तौल समूहमा दोस्रो र तेस्रो हुने खेलाडिलाई क्रमशः नगद ६ हजार र ४ हजार प्रदान गरिने छ । महिला तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः नगद १० हजार, ८ हजार र ५ हजारको पुरस्कारको व्यवस्था गरिएको आयोजित पत्रकार सम्मेलनमा संघका सचिव उमेश सिकेले जानकारी दिए ।

स्थापनाको १६ बर्षको अवधिमा खेल प्रतियोगिताको निरन्तरताले नेपालको गौरव बढाउन सफल कास्की जिल्लाबाट दुई अन्तर्राष्ट्रिय खेलाडी कमल भण्डारी र सुरेश गरुङ सफल खेलाडी संस्थामा रहेको खुसी व्यक्त गदै कार्यक्रममा भूपू खेलाडीहरुको सम्मान समेत गरिने भएको छ ।

प्रतियोगितामा खेलाडीहरुले निशुल्क भाग लिन पाउने संस्थाका अध्यक्ष शंकरमान उदासले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.