मेष
मिहिनेतले हिम्मत दिलाउनेछ भने सुरुमा पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। सोमवार र मंगलवार साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। रोकिएका घरेलु कामकाज बन्नेछन्।
परिवारजन र आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला। बुधवारदेखि कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ।

तापनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिलेका सहयोगीहरूले प्रतिस्पर्धा गर्न थाल्नेछन्। सम्झौताद्वारा व्यवहार चलाउनुपर्ने देखिन्छ।
वृष
प्रारम्भमा आम्दानीका विविध स्रोत फेला परे पनि लाभ उठाउन नसकिएला। परिस्थितिवश हातबाट सञ्चित रकम बाहिरिन सक्छ।
बलजफ्ती गर्ने बानीले काममा समेत समस्या पर्नेछ। तापनि बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। प्रयत्न गर्दा टाढाका साथीभाइ नजिकिनेछन् भने खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। बुधवारदेखि स्थितिमा सुधार आउनेछ।
आफन्तको साथ जुट्नेछ भने जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
मिथुन
काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ।
लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। तर अरूको मुख ताक्नाले आँटेको काममा पछि परिनेछ। लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ।
तर बुधवारदेखि खर्चसमेत बढ्नाले आर्थिक अभाव देखापर्नेछ। पछिका लागि गरिएको लगानीले भने फाइदै दिनेछ। पहिलेका योजनाहरू अधुरै रहनेछन्। लाभांश बाहिरिए पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ।
घर–परिवार तथा आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।
कर्कट
प्रारम्भमा व्यावहारिक कठिनाइ देखा पर्नाले चिताएको काम रोकिन सक्छ।
तापनि मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ।
विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। मनग्गे आम्दानी हुनेछ। सप्ताहान्तमा मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ।
सिंह
सुरुमा अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ।
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। असहज परिस्थितिका बीच कामको बोझ बढ्न सक्छ। तापनि बुधवारदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्।
सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सप्ताहान्तमा आम्दानी बढ्नाले नयाँ योजना सुरु हुनेछ
कन्या
शुभचिन्तकहरूको सहयोगले साताको प्रारम्भ उत्साहवर्द्धक देखिनेछ।
सोमवारदेखि अरूका लागि रकम र समय खर्चनुपर्ला। स्वास्थ्यमा पनि कमजोरी देखापर्नेछ। सहयोगीहरूको साथ जुट्नाले राम्रो आयआर्जन हुनेछ। तर अरूको भर पर्दा काम बिग्रन सक्छ।
व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
केही अप्ठ्यारा काम र विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।
तुला
चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।
विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। तर बुधवारपछि फजुल खर्च र वादविवादले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरू पनि टाढिन सक्छन्।
मालमत्ता हराउनाले समस्या पर्नेछ। स्वास्थ्यबाधा र मनको डरले पनि सताउनेछ। तर सप्ताहान्तमा सामाजिक प्रतिष्ठा बढ्नेछ भने तारिफयोग्य कामले आफ्नो क्षेत्रमा स्थापित बनाउन सक्छ।
वृश्चिक
प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले समस्या उत्पन्न हुनेछ।
सोमवारदेखि व्यापार र उद्योगमा फाइदा हुनेछ। अरूका लागि जुट्नुपरे पनि बिस्तारै फाइदा हुनेछ। प्रतिस्पर्धीहरू भने देखा पर्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। तर विवादास्पद जिम्मेवारीले केही समस्या निम्त्याउनेछ। गोपनीयता बाहिरिनेछ भने अरूलाई दिएको वचन पूरा नहुन सक्छ।
धनु
प्रारम्भमा अप्ठ्यारो परिस्थितिका बीच केही संघर्ष गर्नुपर्ने हुन सक्छ।
आफन्तजन टाढिनाले पनि केही समस्या आउन सक्छन्। अनायासै काम बिग्रने भयले सताउन सक्छ। तापनि शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला।
बुधवारदेखि रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ।
सप्ताहान्तमा दिगो फाइदा हुने काम प्रारम्भ गर्न सफल भइने देखिन्छ।
मकर
धेरै बोल्ने बानीले विवाद निम्त्याउला।
पहिलेको सम्झौताले विवाद निम्त्याउन सक्छ। सोमवारदेखि शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ। तर कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्।
घरेलु समस्यामा अलि सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बीचमा सहयोगका नाममा धोका दिनेहरू सक्रिय रहनेछन्। तापनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। योजनाहरू गोप्य राख्नुहोला।
आफन्तहरूको सहयोगले बिस्तारै फाइदा दिलाउनेछ।
कुम्भ
परिस्थितिवश लक्ष्य साधनामा पछि परिनेछ। तापनि रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। अरूको सुझावलाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। अप्रिय समाचारले जाँगर मर्नेछ।
बुधवारदेखि स्थितिमा सुधार आउनाले लक्ष्य पहिल्याउन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्ति हुनेछ।
अध्ययनमा भने त्यति समय दिन नसकिएला। सप्ताहान्तमा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउने देखिन्छ।
मिन
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ।
लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै आफन्तसँग सम्पर्क बढ्नाले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने परिस्थिति जुट्नेछ।
काम देखाएर उपलब्धि हातपार्ने समय छ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। बोलीको प्रभाव बढ्नुका साथै अभिव्यक्तिमा निखारता आउनेछ। कर्मयोगले मनग्गे फाइदा दिलाउने समय छ।
सप्ताहान्तमा भने केही वादविवादमा परिने सम्भावना देखिन्छ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.