
पोखरा
ताण्डव न्यूज ।
फरार अपराधी पक्राउ गर्ने कास्की प्रहरीको अभियान अन्तर्गत २ जना पक्राउ परेका छनु ।
हिजो बिहिबार र आज शुक्रबार गरि २ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पोखरा ११का ४४ वर्षिया अमृत राना र पोखरा १९ पुरन्चौर तल्लोकोट बस्ने ५१ वर्षिया शिव बहादुर क्षेत्री छन् ।
राना लागु औषध मुद्धामा फरार हुन् भने क्षेत्री लिखत गाली बेइज्जती मुद्धामा फरार अपराधी हुन् ।
यस्तै, प्रहरीले पोखरा १८ पिपलडालीबाट घरेलु मदिरा बनाउन तयार गरेको १५सय लिटर कच्चा पदार्थ बरामद गरेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.