www.tandavnews.com
Fact ~ In search of truth

नगर बस/माइक्रोको ज्यानमारा ओभरटेक

पोखरा
माधव भुषाल/ताण्डव

गत चैत २६ गते शोभाकान्त पनेरु र सन्दीप पौडेल मोटरसाइकलमा विरौटाबाट पृथ्वीचोक जाँदै थिए ।

उनीहरु सवार ग ९ प २१९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ग १ प ३८७७ नंको माइक्रोबसले विहान ९ बजे एयरपोर्ट अगाडी ठक्कर दियो ।

Batas

स्याङ्जा घर भई ड्यामसाइड बस्ने २२ वर्षका शोभाकान्तको घटनास्थलमै मृत्यु भयो ।

पोखरा २१ बस्ने गभ्मिर घाइते सन्दीपको पनि उपचारको क्रममा मृत्यु भयो । माइक्रोबसको लापरवाहीकै कारण मृत्यु भएको प्रत्यक्षदर्शी र विद्यार्थीहरुको ठम्याइ थियो ।

यो एक उदाहरण घटना हो ।

पोखरामा गुड्ने नगर माइक्रोबसको स्पीड ‘लिमिट’ भन्दा माथी नै हुन्छ । सबै क्यू(पालो) अनुसार गुड्छन् ।

दैनिक ३०० को हाराहारीमा गुड्ने बसहरु एउटा स्टेसनमा अर्को बस आएपछि कुदाइ हाल्नुपर्छ ।

ढिलो जाँदा अर्को बसले पालो मिच्ने हो की भन्ने चिन्ता चालकलाई हुन्छ । यसकारण पनि नगरबसको स्पीड बढी हुने नगर बसका एक चालक बताउँछन् ।

‘बगरबाट चिप्लेढुङ्गा आयो । अर्को बस पनि पछि–पछि आउँछ । मान्छे ओराल्दै ठिक्क हुन्छ’ उनले भने ‘अलि स्पीडमा गएर पहिल्यै प्यासेन्जर राख्न पाउँ भन्ने ध्यान हुन्छ ।’

ओभरटेकको त्रास

नगर माइक्रो बसका कारण दिनहुँ पोखराका सडकमा सवारी गुडाउने चालकहरुलाई असहज हुने गरेको गुनासो छ ।

ट्राफिक नियमको धज्जी उडाउँदै यात्रु ओराल्ने उतार्ने लगायत साइड लाइट प्रयोग नगरी रोक्ने जस्ता कार्यले उनीहरुलाई असहज हुने गरेको पाइएको छ ।

सुदीप काफ्ले

सधैंजसो न्यूरोडमा बाइक गुडाउँछु । आफ्नै साइडमा स्लो चलाउँदै गर्दा, झ्याप्प साइडबाट अगाडि आएर माइक्रो रोकिन्छ । अपर्झट ब्रेक लगाउनुपर्छ ।

त्यसरी झ्याप्प ब्रेक लगाउँदा बाइक ब्यालेन्स हुँदैन कहिलेकाहीं । साह्रै लापरवाही छ माइक्रो र नगरबसको ।

दीपेन्द्र आचार्य

शनिबारको दिन थियो । म लेकसाइड जाँदै थिए । जरेवर पुग्नै लाग्दा यात्रु ओराल्न नगर बस स्पिडमा आएर रोक्यो । इमर्जेन्सी ब्रेक लगाउन पर्यो ।

आफ्नै साइडमा ३५को स्पीडमा बाइक गडाएको थिएँ । बसले साइड लाइट पनि बालेको थिएन । म पनि अलिकति स्पिडमा भएको भए दुर्घटना हुन्थ्यो । साह्रै लापवाही छ यि माइक्रो बसहरुको ।

जहाँ पायो त्यहि यात्रु ओराल्ने र उतार्ने गर्छन् । यसले अन्य सवारी चालकहरुलाई असहज बनाएको छ ।

फाइल तस्बिरः कमल सुवेदी/फेसबुकबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.