www.tandavnews.com
Fact ~ In search of truth

अष्ट्रेलियन कुलिनरी आर्ट पोखरामा, क्रेडिट ट्रान्सफर अष्ट्रेलिया

पोखरा
ताण्डव न्यूज ।

मोफसलकै हस्पिटालिटी कलेजहरु मध्येमा अब्बल सावित हुँदै आएको पोखराको एक मात्र कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले अष्ट्रेलियन कुलिनरी आर्ट कोर्ष पोखराबाटै सञ्चालनमा ल्याउने भएको छ ।

विजय पौडेल, फाउण्डर/चियर मेन
Batas

अष्ट्रेलियास्थित ‘कुलिनरी सोलुनसन अष्ट्रेलिया इन्टरनेसनल’ कलेजको सम्बन्धनबाट कान्तिपुर कलेजले ८०० घण्टाको कक्षा सञ्चालन गर्ने भएको हो ।

प्लस टु सकेका नेपाली विद्यार्थीलाई वैदेशिक गुणस्तरीय शिक्षाका लागि देश छोडेर जानुपर्ने बाध्यता हटेको कलेजका फाउण्डर एवं चियरमेन विजय पौडेलले बताए ।

‘चर्को शुल्क तितेर डिप्लोमा इन कुलिनरी आर्ट अष्ट्रेलिया पढ्न जानुपर्ने बाध्यता टरेको छ,’ उनले भने, ‘हामीले सबै पूर्वाधार तयार गरि अष्ट्रेलियाबाट उक्त कलेजको सम्बन्धन लिएका हौं ।’

सोही कोर्ष अष्ट्रेलिया पढ्न जाने विद्यार्थीले १८ लाखसम्म खर्च गर्नुपर्ने हुन्छ । नेपाली विद्यार्थीको आर्थिक भारले थेग्न सक्ने गरी कान्तिपुर कलेजबाट नै सबै कोर्ष सकिँदासम्मको अवधिमा जम्मा ७ लाख ५० हजार खर्च लाग्ने कान्तिपुर कलेजका प्रबन्ध निर्देशक राम कोडाण्डाले जानकारी दिए ।

पढाई सकेपश्चात्त एड्भान्स डिप्लोमा इन कुलिनरी आर्ट पढ्न जान चाहने विद्यार्थी लक्षित गरी कलेजले भिसा प्रोसेसिङ र भाषा तयारी कक्षाको लागि सहजीकरण गरिने जनाएको छ ।

राम कोडाण्डा/प्रबन्ध निर्देशक

‘यहाँ पढाई सकेका विद्यार्थीले एड्भान्स कोर्ष गर्न चाहन्छन् भने अष्ट्रेलियाकै कलेजमा क्रेडिट ट्रान्सफर सुविधा प्रदान गर्ने छौं,’ कोडाण्डाले भने, ‘यदि डिप्लोमा कान्तिपुर कलेजबाट नै सकेका विद्यार्थीहरुलाई पनि मासिक एक लाख आम्दानी हुने पाँच तारे होटलमा जागिरको सतप्रतिशत व्यवस्थापन गरिरहेका छौं ।’

कान्तिपुर कलेजबाट कुनै पनि कोर्षमा अध्ययन गरेका विद्यार्थी बेरोजगार बस्नुनपर्ने अवधारणा सहित कलेजले विद्यार्थीलाई कतार, दुबई, ओमन, साउदी अरेबिया, माल्दिभ्स देशहरुमा जागिरको ग्यारेन्टि गरेको जनाएको छ ।

 

 

प्राविधिक शिक्षामा अब्बल कान्तिपुर कलेज

सन् २०१४ मा स्थापना भएको कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ ।

एक व्यक्ति एक पाक पेसाको रुपमा अभिबृद्धि गर्न कान्तिपुर कलेजले दक्ष अनुभवि विदेशी प्रशिक्षक द्वारा प्रशिक्षण गराउँदै आएको छ ।

नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्बाट सम्बन्धन लिएर कान्तिपुर कलेजले छोटो समयमै सयौं युवाहरुलाई उच्च पारिश्रमिक सहितको रोजगारी उपलब्ध गराउन सफल भएको छ ।

शान्त, स्वच्छ तथा पूर्ण रुपमा हस्पिटालिटी वातावरणको सिर्जना गरी आफ्नै ल्याव मार्फत सैद्धान्तिक एवं व्यवहारिक (प्राक्टिकल) शिक्षा प्रदान गर्दै आइरहेको छ ।

कलेजमा आफ्नै भवन सहित सबै कोर्षहरुका लागि आवश्यक पूर्वाधारयुक्त कक्षा कोठाहरु, फ्रन्ट अफिस ल्याव, हाउस किपिङ ल्याव, प्राक्टिकल किचन ल्याव–२, ट्रेनिङ रेष्टुरेण्ट तथा बारको प्रबन्ध गरिएको छ ।

नेपालको बढ्दो बेरोजगारी समस्यालाई उन्मूलन गर्ने प्रयास गर्दै कान्तिपुर कलेजले स्थापनाकाल देखि नै प्राविधिक सीपमूलक पढाईमा जोड दिँदै आएको जनाएको छ ।

दीर्घकालिन आर्थिक समृद्धि प्राप्तिका निमित्त सबै मानिस उद्यमी बन्नु पर्ने कलेजको धारणा रही आएको छ ।

हरेक युवालाई आर्थिक रुपमा सम्पन्न गराई उसको जीवन यापनमा सहजीकरणको भूमिका निर्वाह गर्न कान्तिपुर कलेजले प्लस टु सकेका विद्यार्थीलाई लक्षित विभिन्न कोर्षहरु समेत अफर गर्ने गरेको छ ।

साथै, अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा जस्ता सम्पन्नशाली देशहरुमा ख्यातिप्राप्त विश्वविद्यालय एवं कलेजहरुमा विद्यार्थी भिसाका लागि प्रोसेसिङ समेत गराउँदै आइरहेको छ ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.