www.tandavnews.com
Fact ~ In search of truth

आमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित

भोजपुर।

भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक राई निर्वाचित भएका छन्। राई तीन हजार ६८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त राईले तीन हजार २५८ मत प्राप्त गरे।

उपाध्यक्षमा पनि माओवादीकै सीता राई तीन हजार ५६१ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ शेर्पाले तीन हजार २२४ मत प्राप्त गरे । गाउँपालिकाको वडा नं १ को वडाध्यक्षमा कांग्रेसका निम्नुरी शेर्पा र वडा नं २ मा रामबहादुर खड्का विजयी भएका छन् ।

वडा नं ३ मा एमालेका गोपाल राई र वडा नं ४ मा नेत्र खत्री विजयी बनेका छन् । माओवादी केन्द्रबाट वडा नं ५ मा रामप्रसाद राई, वडा नं ६ मा बमबहादुर बस्नेत, वडा नं ७ मा नवीन राई, वडा नं ८ मा सन्तोष राई र वडा नं ९ मा रोशन मगर निर्वाचित भएका छन्।

रासस–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.