www.tandavnews.com
Fact ~ In search of truth

चैत २३ मा शुभकामना साँङगितिक कार्यक्रम हुने

पोखरा,
ताण्डव न्यूज ।
परियार सेवा समाज कास्कीले चैत २३ गते ‘शुभकामना साँङगितिक कार्यक्रम’ को आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने कार्यक्रमको आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुको बिजोड प्रस्तुति रहने सेवा समाज कास्कीका अध्यक्ष किसान परियारले बताए । ‘कलाप्रेमी रुचीलाई ध्यानमा राख्दै कार्यक्रम गरिएको हो,’ उनले भने, ‘नौमति बाजाको संरक्षण सम्र्वद्धन एंव प्रर्वद्धन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।’

कार्यक्रममा कलाकार राजु परियार, शिव परियार, प्रताप दास, जयकुमार परियार, पूर्णकला बीसी (परियार), शिवराज गौतम, पूर्ण परियार, सविना सुनाम, रतिमाया परियार, दुर्गा परियार, आयुष परियार, सरस्वति परियार, सुनिता परियार, प्रज्जवल भित्रकोटि, विमल परियार, रेशम निर्दोश, ईश्वर सिंह, हेमा परियार, पुनम परियार, लगायत कलाकारहरुको प्रस्तुति रहने आयोजक टिमले जानकारी दिए ।

Batas

कार्यक्रममा गीत संगीतसंगै आकर्षक नृत्य समेत प्रस्तुत गरिनेछ । अतिथि कलाकारलाई परियार समुदायको पुख्यौली संस्कृति नौमति तथा पञ्चे बाजाले स्वागत गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाए । एक दिन चल्ने कार्यक्रमका लागि ५ सय, ३ सय रुपैँया टिकटको व्यवस्था गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.