www.tandavnews.com
Fact ~ In search of truth

सकियो ‘तेस्रो मेगा एजुकेशन फेयर’

पोखरा।

विद्यार्थीको उत्साहजनक सहभागिताका साथ पोखरामा आयोजित तेस्रो ‘मेगा एजुकेशन फेयर’ सकिएको छ ।

न्युरोडको सिटी स्क्वायरमा शुक्रबार र शनिबार चलेको फेयरमा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा वर्षेनी आयोजना गरेको मेलाको यो तेस्रो संस्करण हो । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि मेला सञ्चालन भएको थियो ।

Batas

वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाका अनुसार फेयर सोचेनुरुप सफल भएको छ । ‘फेयरमा विद्यार्थीहरु समूहगत रुपमा आए । शुक्रबार उपस्थिति उल्लेख्य रह्यो । आगामी मेलामा झनै धेरै सहभागिताको आशा राखेका छौं ।’ फेयरमा विद्यार्थी तथा अभिभावकलाई निःशुल्क प्रवेशको व्यवस्था थियो ।

अध्ययनका लागि रोजाईका मुलुकहरु अष्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापान लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएको उनले बताए ।

फेयरमा उत्कृष्ट कलेज र युनिर्भसिटि तथा कन्सल्टेन्सिहरु गरि २० वटा भन्दा बढी संस्थाहरु सहभागी थिए । जहाँ नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरुले परामर्श दिएका थिए ।

यस मेलामा विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराईएको थियो ।

क्विन्सफोर्ड कलेज प्रस्तुतकर्ता रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापानलगायतका अन्य देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउने व्यवस्था थियो । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा थियो ।

यस एजुकेशन फेयरका इन एशोसिएशन विथमा इम्पल्स इन्टरनेशनल रहेको छ ।

फेयरको मुख्य प्रायोजकहरुमा इप्लानेट, एक्सेस एजुकेशन, इनसर्च एजुकेशन, थर्ड आई एजुकेशन, नेप्कम्स युनिस्टार, कंगारु, न नेक्स्ट, मेट्स इन्टरनेशनल, प्याकेशिया, बुम¥याङ इन्टरनेशनल, प्रोफेशनल एजुकेशनल, काठमाण्डु इन्फोसिस, अष्ट्रेलियन टेक्निकल कलेज, ओम्स अब्रोड, मिराकल इन्स्टिच्युट, अस् स्टडिज, डेल्टा, एई ग्लोबल लगायत रहेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.