www.tandavnews.com
Fact ~ In search of truth

वर्ल्ड कप फिभर @ पाेखरा

पोखरा
ताण्डव न्यूज ।

खेलकुदको राजधानी भनेर चिनिने पोखरामा फुटवलको छुट्टै क्रेज छ ।

विश्व फुटबलको महासंग्राम नजिकिदै गर्दा पोखरामा फुटवलको रन्को सुरु भएको छ । फ्यानहरुले आफुले सर्मथन गर्नेे टिमको जर्सी लगाएर हिडेका दृश्य सडकमा देखिन थालेका छन् ।

Batas

फुटवल प्रेमीहरुले महाउत्सवका लागि जर्सी किन्नेहरुको भिड पनि उत्तिकै छ । पोखराका चोक(चोकमा रहेका पसलहरुले जर्सि बिक्रिका लागी झुण्डाएको देखिन्छ । त्यसो त पोखरा मात्रै होइन नेपालका मुख्य शहर देखि ग्रामिण भेगसम्म एक महिना फुटवलमय रहन्छ ।

यसै सन्दर्भमा ताण्डवले केही युवाहरुलाई वल्र्ड कपमा सहभागी टिम मध्ये उनिहरुका समर्थन र कारणबारे प्रश्न राखेको थियो : 

नरेश रोकाया

ब्राजिलको टिममा सबैजना प्लेयर वल्र्ड क्लास छन । एघारै पोजिसनका खेलाडीहरु अत्यन्तै उत्कृष्ट छन । अरु कुनैपनी देशको टिममा प्लेईनिङ इलेभन भित्रका सबै खेलाडी उत्कृष्ट छैनन् ।

जस्तै अर्जेन्टिनाको मिडफिल्ड र स्ट्राईकिङ पोजिशन राम्रो छ,डिफेन्स लाईन कमजोर छ । त्यसैगरी जर्मनी र स्पेनको टिममा डिफेन्स र मिडलाईन राम्रो छ । तर दुबै टिमको स्ट्राईकिङ लाईन अत्यन्तै कमजोर छ ।

 

 

*************************************************************************************************************

विकल पौडेल

ब्राजिल फुटबल को पर्याबाची नाम हो । ब्राजिल बिनाको फुटबल कल्पना नै गर्न सकिदैन । युवा खेलाडीहरुले भरिपुर्ण ब्राजिल यसपटकको बिजेता हो ।

 

 

*************************************************************************************************************

रवि अधिकारी

 बल्र्डकप ब्राजिलले जित्छ । यसपटको टिम निकै शसक्त छ । अनुभवले खारिएका युवा खेलाडीहरु भरिपुर्ण छन् । ब्राजिलको उत्कृष्ट खेल यसपटकको विश्वकपमा देख्न पाइन्छ ।

 

 

*************************************************************************************************************

दिपेन्द्र आचार्य

यसपटकको विश्व कपको बलियो दावेदार अर्जेन्टिना हो । लियोनन मेस्सीको जाुदमय खेलसंगै अर्जेन्टिनाले यसपटकको ट्रफि उचाल्छ । मेस्सी मात्रै होइन पाउलो , हुइगेन युवा खेलाडीहरु टिममा रहनु नै काफि छ ।

 

 

*************************************************************************************************************

सलिना भट्टराई

वल्र्डकप पोर्चुगलले जित्छ । यसमा दुई मत छैन । क्रिस्टियानो रोनाल्डो उत्कृष्ट लयमा छन् । पछिल्लो युरोकपको उपाधी उचालकोे पोर्चुगलले यसपटक वल्र्डकपको ट्रफी उचालेर अर्को इतिहास बनाउने छ ।

 

 

*************************************************************************************************************

सचिन रानाभाट


२०१८ को रसिया संस्करणको उपाधी अर्जेन्टिनाले जित्नुपर्छ यद्यपि फुटबल पण्डितहरुले यसपाली अर्जेन्टिनालाई मुख्य दावेदार भने मानेका छैनन्। मुख्य दावेदारीका विरुद्ध पनि अर्जेन्टिनाले जित्ने प्रशस्त सम्भावनाहरु छन् । जो खेल कै बखत मैदानमा देखिनेछ ।

विश्वप्रसिद्ध खेलाडी डिएगो मेरोडोनाको इतिहास बोकेको टिमसंग मेस्सी जस्ता खेलाडी पनि छन् जसले खेल फर्काउने साहस राख्छन् । र उनको लागी यो विश्वकप जित्ने अन्तिम मौका पनि रहनेछ ।

*************************************************************************************************************

कृष्चिना भट्टराई

वल्र्डकप स्पेनले जित्छ । चर्चित क्लवहरुमा खेलेका अनुभवी मात्रै होइन युवा खेलाडीहरुको उपस्थितीले कप स्पेनले उचाल्छ भन्ने लाग्छ । मलाई

 

 

*************************************************************************************************************

विवेक पौडेल

यसपटक इग्ल्याण्डले विश्व फुटवलमा पुनरागमन गर्छ । राम्रा खेलाडी , उत्कृष्ट खेल प्रर्दशन गर्दा गर्दै पनि यो टिम अघिल्ला वल्र्डकपमा सन्तोषजनक खेल्न सकेन ।

तर रसिया वल्र्डकपमा भने मन जित्ने खेल खेल्नेमा विश्वस्त छु । ४७ बर्षिय युवा प्रशिक्षकले सम्हालेको यो टिममा केन , वेलवेक ,रशफोर्ड जस्ता यु्वा खेलाडीको उत्कृष्ट प्रर्दशनले यसपटक इग्ल्याण्ड इतिहास रच्ने छ ।

 

प्रस्तुति : सुशन घिमिरे

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.