www.tandavnews.com
Fact ~ In search of truth

‘एकिलिज’ले कसरी गर्दैछ ‘वर्ल्ड कप’को भविष्यवाणी ?

पोखरा ।

फुटबलमा रुची राख्नेहरुका लागि फिफा विश्वकप महोत्सव हो ।

आगामी बिहीबारबाट सुरु हुने विश्वकपको रौनक विश्वभर छाइरहेको छ ।  विश्वकपमै सहभागी हुने राष्ट्रहरुमा त उल्लास हुने नै भयो, सहभागी नहुने राष्ट्रहरुमा पनि यसले धाक जमाएको छ ।

Batas

मानिसहरु आ आफुले समर्थन गर्ने राष्ट्रहरुले नै विश्वकप ट्रफी हात पार्ने भविष्यवाणीहरु गर्न थालिसकेका छन् ।

विश्वकपको हरेक सिजनमा विभिन्न जनावरहरुलाई भविष्यवाणी गर्न लगाइन्छ ।

सन् २०१०को विश्वकपमा अक्टोपसले गरेको भविष्यवाणी मेल खाएको थियो । पाँल नामक अक्टोपसले समुहचरण र फाइनल खेलमा गरेको भविष्यवाणी सहि ठहरियो ।

यसपटक विश्वकपमा बिरालोले भविष्यवाणी गर्ने छ । एकिलिज नामक बिरालो रुसकै हो । सेतो रंगको एकिलिजलाई पिटर्सबर्ग स्थित हर्मिटेज म्यूजियममा राखिएको छ । सँगै, प्रशिक्षण पनि दिन शुरु गरिएको छ ।

कसरी ?

एकिलिजले आफ्नो भविष्यवाणी खेलको बिहान बताउने छ ।

उस्लाई नास्ताकोलागि उसको खाना र देशको झण्डासहित दुई समान कटौरा राखिनेछ । जुन कटौराबाट उसले खाना खान्छ त्यो दशले जित्छ भन्ने भविष्यवाणी उसको रहनेछ ।

गत वर्ष उसले आफ्नो गृहनगरमा खेल्ने कन्फिडरेसन कपको नतीजा निर्धारण गरेको थियो । र, उसले गरेको सबै भविष्ण्वाणी मेल खाएको थियो ।

(‘एकिलिज’काे जानकारी यूरो न्यूजकाे सहयोगमा प्रस्तुत गरिएको हो )

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.