www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश ४ मा २४ अर्बको बजेट (हेर्नुहोस पूर्णपाठ सहित )

पाेखरा
ताण्डव न्यूज । 

प्रदेश ४ आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शुक्रबार आर्थिक वर्ष २०७५/०७६ का लागि २४ अर्बको बजेट ल्याएका छन् । गुरुङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कुल विनियोजित बजेट २४ अर्ब २ करोड २२ लाख रुपैयाँको वार्षिक बजेट ल्याएका हुन् ।

कुल विनियोजित बजेटमध्ये चालूतर्फ ६ अर्ब ९१ करोड ५५ लाख, पुँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ र अन्तर–सरकारी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब २० करोड रुपैययाँ विनियोजन गरिएको बजेटमा उल्लेख छ । राजस्व बाँडफाँटबाट ६ अर्ब ५७ करोड ६० लाख रुपैयाँ र आन्तरिक राजस्वबाट प्राप्त हुने १ अर्ब ६९ करोड ९५ लाख व्यहोरिने भएको छ।

Batas

संघीय सरकारबाट प्राप्त ६ अर्ब ७७ करोड ६७ लाख ४१ हजार रुपैयाँ समानीकरण अनुदान, ६ अर्ब ५० करोड १९ लाख सशर्त अनुदान, ७१ करोड ४२ लाख रुपैयाँ समपूरक अनुदान, ३५ करोड ५० लाख रुपैयाँ विशेष अनुदान समेटिएका छन् ।

सरकारले खानेपानीका लागि ५० करोड १४ लाख विनियोजन गरेको छ । संघ प्रदेश र स्थानीय तहको सहकार्यमा प्रत्येक गाउँपालिकामा २५, नगरपालिकामा ५० र प्रदेश राजधानीमा १ हजार शैय्याको आधुनिक अस्पताल निर्माण गर्न ४२ करोड ५० लाख विनियोजन गरिएको छ ।

सामुदायिक विद्यालयमा शौचालय, खानेपानी ट्यांकी निर्माण र अन्य भौतिक पूर्वाधार बनाउन ३० करोड विनियोजन गरिएको छ । एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम निर्माणका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

हरेक स्थानीय तहमा शीत भण्डार निर्माणका लागि २६ करोड ५० लाख विनियोजन गरिएको छ । बाली पशुपंक्षी र मत्स्यका ब्यवसायिक मोडल फार्मका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तीन सय गाउँलाई नमुना पर्यटकीय गाउँ बनाउन ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । दुई वर्षभित्र सबै गाउँमा विजुली पुर्‍याउन ३८ करोड बजेट विनियोजन गरिएको छ । मोटरेवल पुल निर्माणका लागि ५१ करोड ८५ लाख विनियोजन गरिएको छ ।

पूर्ण पाठ हेर्नुहाेस् । 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.