www.tandavnews.com
Fact ~ In search of truth

नाटकले जीवन सिकाएको हुन्छ

पोखरा
ताण्डव न्यूज ।

 

नाटकलाई कसरी परिभाषा गर्नुहुन्छ ?

जीवन हो । प्रकृति हो जस्तो लाग्छ ।

Batas

नाटक र सिनेमामध्ये केमा सन्तुष्टि पाउनुहुन्छ ?

नाटक ।

अभिनय गर्ने मान्छे निर्देशनमा कसरी हात हाल्नुभयो ?

धेरै पछि नाटक गर्न मन लागिरहेको थियो । ३ वर्ष भइसकेको थियो नाटक नगरेको पनि । एकदुई जना दाईहरुसँग पनि भनेको थिएँ, म अल्लिदिन फिल्म गर्दिन नाटक गर्न लागेको छु भनेर । आजभन्दा ३÷४ वर्ष अगाडि नै ‘कुरुप हाँस’ नाटकको बारेमा पढेको थिएँ । यसको कथा मन परेकोले नाटक गर्न मन लागेको थियो । डान्समा अलिकति भएपनि जानकार भएको हुनाले त्यही फर्ममा नाटक बनाउँछु भनेर लागि परेको हुँ ।

तपाई धेरै नाटक खेल्नु भएको छ । अन्य तपाई खेलेको नाटक भन्दा यसमा के फरक पाइन्छ ?

फरक पृथकभन्दा अन्य नाटकहरु डाइलग समावेश गरिएको हुन्छ । मैले अहिले गरेको नाटकमा केही मात्रामा डाइलग छन बाँकी सबै फिजिकल मुभमेन्टहरु छन् । फरक भन्दा पनि हामी जहिले पनि बोलेर सबै कुरा भन्न खोजिरहेका हुन्छौं । तर कहिलेकाँही इमोसनले धेरै बोल्छ भनेर फर्म नयाँ हुन सक्छ । यसमा डान्सबाट डाइलग बोलिरहेको हुन्छ । यस्तो टाइपको काम नयाँ नै छ नेपालको लागि ।

तपाई आफूले आफूलाई के भनेर चिनाउनुहुन्छ ?

कलाकार भन्छु । मलाई थाहा छैन किन हो रंगकर्मी भन्न पनि डर लाग्छ । कतिधेरै पोख्थ हुनुपर्छ भन्ने जस्तो लाग्छ । म अझै पनि सिक्दै छु पूर्ण रुपमा ज्ञान छैन् ।

अहिलेसम्म अभिनय गरेका नाटक र सिनेमा कति पुगे ?

नाटक अहिलेसम्म २१ वटा जति पुग्यो भने फिल्म आधिदर्जन पुगे ।

नाटकको यात्रा कसरी सुरु गर्नुभयो ?

अहिले म जुन फर्मको नाटक बनाइरहेको छु त्यही फर्मको डान्स सिक्नको लागि २००८ मा काठमाडौं गएको थिएँ । डान्स सिकिरहँदा सिकाउने गु्रप होल्यान्डबाट आउनुभएको थियो । उहाँहरु पर्फमेन्स आर्टको हुनुहुन्थयो ।

उहाँहरुले ले आँखा, बडी ल्याग्वेज राम्रो छ थिएटरतिर ट्राइ गर भन्नुभयो । त्यसपछि अन्य साथीहरुले पनि सल्लाह दिनुभएको थियो । मलाई आर्ट सम्बन्धी काम गर्दा छुट्टै मज्जा नि आउँथ्यो । सायद मलाई यही गर्न लेखेको पनि रहिछ । त्यही भएर बच्चैदेखि डान्समा रुची राख्ने, रेडियोमा डाइलग आयो भने कन्ठ पारेर साथीहरुलाई सुनाउने गर्थे । एक्टर हुने लक्षण उबेलाबाटै रहिछ भन्ने फिल हुन्छ अहिले । मेरो पहिलो नाटक ‘चोरन्दास चोर’ थियो ।

चलचित्रप्रतिको मोह भने कसरी जाग्यो ?

नाटक गरिरहेको थिएँ । त्यो बेलामा एकदुई जना निर्देशकहरुले भन्नुभएको थियो, नाजिर फिल्म गर भनेर । त्यो बेला भर्खर सिक्दै थिएँ । ठ्याक्कै फिल्म नै गर्छु भन्ने थिएन । सिरियलदाइ हरुलाई पर्दामा देख्दा उहाँजस्तो बन्छु भन्ने त थियो नै ।

२०१४ तिर एउटा फिल्मको अफर आयो । एक्टर हो फिल्म किन नगर्ने त ?भन्ने लाग्यो । ‘होस्टेल रिर्टन्स’ पहिलो फिल्म खेलें । फिल्ममा निर्वाह गरेको ‘रामेश्वर यादव’ भन्ने पात्र निकै हिट भयो । अझै पनि वास्तविक नाम भन्दा रामेश्वर यादव भनेर चिन्नुहुन्छ धेरैले । त्यही फिल्मले मेरो फिल्मी यात्रा, थिएटरको करिअरलाई टर्निङ गराइदियो ।

तपाई हिरो कि अभिनेता ?

म कलाकार हो । म आफ्नो जीवनमा केही काम गरेभने म आफै हिरो हो । म आफै भन्दा पनि दर्शकले भन्नुहुनेछ हिरो वा अभिनेता । तर म आफूले आपूmलाई कलाकारमात्र भन्नु रुचाउँछु ।

नेपालमा नाटक खेलेर बाँच्न सकिने अवस्था छ ?

नाटकमा पैसा कम छ, पैसा कमाउन सजिलो छ । आत्मसन्तुष्टि काम गर्ने तरिकाले पाउन सकिनेछ । आर्थिक हिसावले भन्नुपर्दा हिजो सुनिल सरले भन्नुहुन्थयो बाटोमा हिड्ने मान्छेलाई समाएर गुरुकुलमा लगेर नाटक देखाउथ्योै । आजको दिनमा ५ सय एक हजार टिकट राखेपनि काटेर हेर्न सक्ने भएको छ । यसले आर्थिकरुपमा पनि उकासियौं कि भन्ने लाग्छ ।

पछिल्लो समय रंगमञ्चका कलाकारको फिल्ममा माग ह्वात्तै बढेको छ । तर, उनीहरुले स्टाडम सिर्जना गर्न सकेनन भनिन्छ, नि ?

यो हेर्ने नजर हो जस्तो लाग्छ । सबैमा लागू हुँदैन् । सायद अरु थिएटरको एक्टरभन्दा अल्लि धेरै स्मार्ट बनेर हिड्न रुचाउँछु होला । अरु थिएटरको एक्टरलाई त्यो मन लाग्दैन होला ।

हिट कलाकाररलाई पनि नर्मल लाइफमा हिड्छु भन्ने मन लाग्ला । नाटकको मान्छेहरु एकदम धेरै धरातलमा उभ्भिएर हिड्नुको कारण, नाटकले जीवन सिकाएको हुन्छ । फिटनेस, ग्लयामर, देखावटी भन्दापनि रियालिटीमा एक्टरहरु रमाउँछन् भन्ने लाग्छ । त्यही भएर पनि सिम्पल हुन्छन होला ।

एउटा अभिनेताको हिसाबले नेपाली चलचित्रलाई कसरी नियाल्नुभएको छ ?

म एकदमै खुशी छु । हाम्रो फिल्महरु करोडक्लवमा छिरेको छ । हिजोको दिनमा फिल्मले पैसा कमाएको थिएन, आजको दिनमा एउटा फिल्मले दुई वटा फिल्म बनाउने पैसा कमाएको छ भने अफकोर्स उद्योगको हिसावले पनि परिवर्तन हुँदैछौं । क्वालिटी र मेकिङको हिसावमा पनि चेन्ज हुँदै छौं ।

प्रस्तुति : सन्तोष सुवेदी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.