www.tandavnews.com
Fact ~ In search of truth

बालेन, हमाल र साम्पाङको जितको सम्मानमा पोखरामा सरसफाई

पोखरा।

हालै सम्पन्न स्थानिय तह निर्वाचनमा निर्वाचित भएका स्वतन्त्र उम्मेद्वारहरुको सम्मानमा आज पोखरामा सरसफाई कार्यक्रम गरिएको छ । स्वतन्त्र उमेद्वारहरू बालेन साह, हर्क साम्पाङ र गोपाल हमाल निर्वाचित भएको सम्मानमा सरसफाई कार्यक्रम गरिएको हो ।

वि क्यान डू को आह्वानमा भेला भएका युवाहरूले पृथ्वीचोक आसपासका क्षेत्रमा भएका फोहर संकलन गरेका थिए । विजयलाई उत्सवको रुपमा नमनाई सो समय सामाजिक कार्यमै खर्चिने हेतुले सरसफाई कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

Batas

सो अवसरमा फोहर व्यवस्थापनबारे दिर्घकालिन योजनाहरु के हुन सक्छन् ? भन्ने बारे अन्र्तक्रिया समेत गरिएको थियो । मोनिका बरालको संयोजनमा आयोजित कार्यक्रममा वि क्यान डूका अध्यक्ष सुवास पौडेल, ईन्दु शर्मा, बलराम बराल, प्रेन्सा रेग्मि लगाएयले स्थानीय सरकारलाई यसबारे सचेत गराउन आगामी दिनहरुमा पनि थप दवाव मुलक कार्यक्रम गरिने बताएका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.