www.tandavnews.com
Fact ~ In search of truth

शिक्षा क्षेत्रको सुधारका लागी सबैजनाको सहयोग आवश्यक : क्षेत्री

पोखरा ।

जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्रीले शिक्षा क्षेत्रमा हुने कमी कमजोरी सुधारका लागि सबैजनाको सहयोग अपरिहार्य भएको बताएका छन् ।

इन्सेक पोखराले आज मंगलबार आयोजना गरेको शिक्षाको अधिकार सम्बन्धी राज्यको नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा क्षत्रीले सो कुरा बताएका हुन् ।

Batas

शिक्षा क्षेत्र सम्बन्धित २३ ओटा अधिकार स्थानीय तहमा रहेको बताउँदै क्षेत्रीले शिक्षा र स्वास्थ अत्यन्तै संवेदनशिल क्षेत्र भएको परिमार्जन, सुधार जस्ता विषय तत्कालै गर्नुपर्ने भनाई राखे ।

कार्यक्रममा बोल्दै प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठले अहिलेको समयमा शिक्षामा ब्यवसायीकता आवश्यक रहेको बताउँदै ब्यापारीकरण र ब्यवसायीकरण बीच रहेको भिन्नता बुझ्नुपर्ने बताए ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल, कास्कीका पुर्व संयोजक ढाकाराम पौडेलले भुगोल र जनचाहना अनुरूपको शिक्षा नीति नभएको भनाई राखे । अनेरास्ववियु कास्कीका रोशन भट्टराईले स्थानीय तहलाई शिक्षाको अधिकार दिनु गलत भएको बताए ।

डिडा नेपालका पुर्व अध्यक्ष गिरधारी सुवेदीले अपांगता भएका विद्यार्थीले पाउने सुविधा लक्षित समुहले पुर्ण रूपमा पाउन नसकेको गुनासो राखे । मानव अधिकार निगरानी समुहकी पुर्व संयोजक दुर्गा केसीले सीपमुलक शिक्षा आजको आवश्यकता रहेको बताईन् ।

अन्नपुर्ण गाउँपालिकाकी उपाध्यक्ष सगुन गुरुङले शिक्षा क्षेत्रमा परिवर्तन गर्ने उद्देश्यले अन्नपुर्ण गाउँपालिकामा शिक्षकलाई सम्मान गरौँ, विद्यार्थीलार्ई माया गरौँ भन्ने नारा रहेको जानकारी दिईन् ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालले शिक्षा क्षेत्रमा गुणस्तर भन्दा पनि भवन निर्माणलाई प्राथमिकता दिईएको बताउँदै सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यममा अध्यापन गराउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा सृजना मावि ढिकुरपोखरीका प्रअ टिकाराम अधिकारी मानव अधिकार निगरानी समुह ढिकुर पोखरीका सदस्य नारायण भण्डारी, प्रेम गिरी, सयपत्री समाजका गिरधारी सुवेदी, सिविनका शंकर नेपाली, अनेरास्ववियू कास्कीका शेखर गौतम, गैसस कास्कीका अध्यक्ष पदमराज पहारी, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विष्णु प्रसाद वराल लगायतले भनाई राखेका थिए ।

कार्यक्रममा अन्नपुर्ण गाउँपालिका कास्कीका शिक्षा अधिकृत बलराम भुगाईले कार्यक्रममा संघियतामा शिक्षा सम्बन्धी संवैधानिक तथा नीतिगत ब्यवस्था र विद्यालय शिक्षाका समसामयिक समस्याहरू विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.