काठमाडौं ।
विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्नेछन् ।
पाँच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको खेल सामरा एरिनामा वेलुकी पौने ८ बजे सुरु हुनेछ ।

रुसमा जारी विश्वकप फुटबलको समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा स्विट्जरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोष्टा रिकालाई २-० ले तथा अन्तिम खेलमा सर्वियालाई २-० ले हराएको थियो ।
उता मेक्सिको भने समूह एफ को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । समूहका खेलमा जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिको स्वीडेनसँग भने पराजित भएको थियो ।
आजै राति पौने १२ वजे बेल्जियम र जापान भिड्नेछन् ।
बेल्जियम समूह जी को विजेता तथा जापान समुह एफको उपविजेताको रुपमा नकआउट चरणमा पुगेका हुन् ।
समूह का सबै ३ खेल जितेको बेल्जियम उपाधि दावेदार टोली हो । जापान भने एसियाबाट राउण्ड अफ सिक्सटिनमा पुग्ने एक मात्र टोली हो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.