www.tandavnews.com
Fact ~ In search of truth

युट्युवले जन्माएका सेलिव्रेटी

सुशन घिमिरे
पाेखरा, ताण्डव न्यूज ।

अशोक दर्जिलाई यतिवेला भ्याइनभ्याइ छ । झापा स्थायी घर भएका ९ बर्षीय उनको जिवन चमात्कारिक रुपमा परिर्वतन हुदैछ । ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ बोलको गीत युट्युवमा लामो समय ट्रेन्डिङमा समेत रह्यो ।

त्यहि गीतका कारण देश विदेश भ्रमण गरिसकेका छन् । सडकमा गीत गाउँदै दिनचर्या बिताएका दर्जिलाई चर्चित सेलिव्रेटी बनायो युट्युवले । अशोक एक पात्र मात्रै हुन् , नेपालमा युट्युवले उनी जस्ता धेरै सेलिव्रटी जन्माएको छ ।

Batas

पछिल्ला दिनहरुमा युट्युवले जन्माएका एक चर्चित सेलिव्रटी हुन् धादिङका सुमन थापा । जो स्वप्न सुमन भनेर परिचित छन् । उनि कभर सिंगर हुन् । रोहितजंग क्षेत्रीको ‘बिस्तारै बिस्तारै’ बोलको गित पहिलो पटक कभर गीतको रुपमा उनले गाए । उनको आवाजमा थुप्रै कभर गीतहरु युट्युवमा छन् ।

जसमा करोडौं भ्यूज छ । ‘कसरी भनु’ बोलको गीतले मात्रै युट्युवमा झण्डै २ करोड भ्यूज पाएको छ । लाखौं कमेन्ट छन् ।

उनले भूकम्पका ज्यान गुमाएकी आफ्नी बहिनिको सम्झनामा ‘मेरो सानो परि’ बोलमा आफ्नो पहिलो अफिसियल गीत गाएका थिए । अहिले उनी युट्युवमा मात्रै सिमित छैनन् । देश विदेशमा कन्सर्ट समेत गरिसकेका छन् ।

काठमाडौंमा जन्मिएका २७ बर्षीय नितेशजंग कार्की छोटो समयमा सफलता पाएका युट्युवर हुन् । युट्युव च्यानल अर्विटरी मार्फत सुरुवातमा ४ वटा कभर गीत गाएका कार्की अहिले आफ्नै च्यानलमा अपलोड गर्ने गर्छन् । करिब २ लाख ५२ हजार सस्क्राइव रहेको छ ।

३ करोड ३४ लाख भन्दा बढि भ्यूज छ । ‘हाम्रो नेपालमा , बुझ्यौ होइन कुरा , फल्अर्टी माया’ जस्ता गीतहरुलाई युवा पुस्ताले अत्याधिक मनपराएका छन् । उनको ‘प्रार्थना’ बोलको गीत यति बेला ट्रेण्डिङमा छ । उनी रक जनरामा गीत गाउन रुचाउछन् । उनले अष्टे«लिया र जापानमा कन्सर्ट समेत गरिसकेका छन् ।

छेवांङ लामा अर्का चर्चित युट्यूव सिंगर हुन् । बेलायतमा बसोबास गर्ने उनी काठमाडौंका हुन् । आफ्नै शैलीमा चर्चित गीतको कभर गाउने उनको आवाजको फ्यान थुप्रै छन् ।

करिब ८ बर्ष अघि देखि आफ्नै च्यालनबाट गित सार्वजनिक गर्दै आएका उनी केही बर्ष यता लाइभ प्रस्तुतिका लागि देश बिदेश पुगेका छन् । साँगीतिक प्रस्तुतिका दुई साता अघि दुवइ पुगेका थिए । ‘झुटो माया , तिम्रो नाम , आमा’ उनका चर्चित गीत हुन् ।

सुन्दरतासँगै सुरिलो स्वरकी धनी हुन् तिर्सला गुरुङ । उनले धार्मिक भजनबाट साँगीतिक यात्रा सुरु गरेकी हुन् । युट्युवमा उनले गाएका भजनहरु थुप्रै भेटिन्छन् । युट्युवमा उनको आवाजमा पुराना गीतहरुको कभर भर्सन सुन्न सकिन्छ ।

जसलाई धेरैले रुचाएका छन् । स्वरसँगै सुन्दरताको वयान गरेर थुप्रै कमेन्ट आएका छन् । उनी मेडिकलको विद्यार्थी हुन् । परिवारले गायन क्षेत्रप्रति सर्पोट नगर्दा उनी खुलेरै गायन क्षेत्रमा लाग्न सकिरहेकी छैनन् । उनको आफ्नै च्यानल समेत छ । जसमा करिब ३२ लाख भ्यूज छ ।

पोखराका प्रयत्न श्रेष्ठ पछिल्ला समय चर्चामा आएका गायक हुन् । टुग्नाको धुनमा बोलको पुरानो गीतको कभर भर्सनले उनलाई चर्चामा ल्यायो ।
पछिल्लो समयका यि चर्चित सेलिब्रेटिबाहेक थुप्रै अरु पुराना सेलिब्रेटी छन् ।

ति मध्य निक्की कार्कीलाई चर्चित युट्युव सेलिव्रेटी हुन् । करिव ६ बर्ष देखि उनले आफ्ना गीतहरु राख्दै आइरहेकी छन् । लाखौं फ्यान र सर्मथकको माया पाएकी उनिले थुप्रै स्थानमा प्रस्तुति समेत दिइसकेकी छन् ।

त्यस्तै भिजे एण्ड प्रिती युट्युवको चर्चित जोडी हुन् । पुराना नेपाली गितहरुसँगै आफ्नै गीत समेत उनीहरुले सार्वजनिक गरेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.