माधब भुसाल
पोखरा, ताण्डव न्यूज ।
अक्टेभ प्रोडक्सनले ‘मायाको मेलामा’ बोलको गित र भिडियो सार्वजनिक गरेको छ । सामाजिक संजाल यु ट्यूव मार्फत गित र भिडियो सार्वजनिक गरिएको हो ।
अनुराग तिवारीको शब्द रहेको गितमा स्वर पनि उनैले दिएका छन् । अनुरागलाई इश्वर परियारले गितार र चाइनिज गुरुङले ड्रममा साथ दिएका छन् । सिजन बज्रचार्यले म्यूजिक मिक्सिङ र मास्टरिङ गरेका छन् ।

गितको भिडियोलाई निर्देशन गरेका हुन् मानव कल्याण पराजुलीले । भिडियोमा पृथ्वी कल्याण पराजुली, जेसिका धमला, विजय गुरुङ, इशा पोख्रेल, आशिष थापा र अञ्जली तिवारीलाई फिचर गरिएको छ । फिचर गरिएकाहरुलाई सहयोग गरेकी छिन्, सुष्मा प्रधानले । सिनेम्याटोग्राफर र इडिटिङ अबिन भोको रहेको छ ।
गित सहितको भिडियोलाई अक्टेभ प्रोडक्सनले नै बजारीकरण गरेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.