www.tandavnews.com
Fact ~ In search of truth

अवरुद्ध पोखरा-बागलुङ सडक सञ्चालन

फलेवास, पर्वत (रासस)

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ ।

सडकखण्डअन्तर्गत मोदी गाउँपालिका वडा नं ५ भ्याप्लेखोलामा सडकमाथिबाट आएको पहिराले पुरिँदा गए राति १ बजेदेखि नै अवरुद्ध सडक अपराह्नदेखि मात्रै सञ्चालन भएको हो ।

Batas

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोली र डोजर र स्काभेटर लगाएर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

सडक सञ्चालन भएसँगै अन्यत्रबाट पर्वत, बागलुङ म्याग्दी र मुस्ताङका लागि आएका सवारी र सो क्षेत्रबाट अन्यत्र जान हिँडेका लामो तथा छोटो दूरीका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

वर्षा नरोकिएकाले र माथिबाट लेदो बग्ने क्रम नरोकिएकाले सडक खुलाउन ढिलाइ भएको ट्राफिक प्रहरी निमित्त प्रमुख काशीनाथ चौधरीले जानकारी दिनुभयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.