www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-३३ मा मनपरि उत्खनन्

पोखरा
ताण्डव न्यूज ।

पोखरा–३३ बाघमारा पुष्प बस्ती तल जमिन खनेर ठूलो खाडल बनाइएको छ ।

हेर्दा ताल निर्माण गर्न लागे जस्तो देखिने त्यो ठाँउमा घडेरी निर्माण कार्य भएको स्थानीय स्रोत बताउँछन् । ‘कुनै उद्देश्य छैन, त्यत्रो खाल्टो खनिएको छ सम्बन्धीत निकाय नै मौन छ,’ स्रोतले भन्यो, ‘त्यहाँबाट निकालिएको माटो पहिला पहाड खनेर सम्याएको ठाँउमा हालिएको छ ।’
केही व्यक्तिहरु मिलेर २ सय रोपनी जग्गा सम्माउन खोजेको स्रोतले बतायो ।

Batas

‘अहिलेसम्म ८ रोपनी खनि सकेका छन्, करिब २५ फिट अग्लो अनि २ सय मिटर लामा खाल्टो बनाएका छन्,’ स्रोतले भन्यो, ‘अरु केही होइन उनीहरुको उदेश्य भनेको पुरै खनेर घडेरी बनाउने हो ।’

अनुमती बिना सोही ठाँउमा उत्खनन् गरेको भन्दै कास्की प्रहरीले शनिबार त्यहाँबाट ६ वटा टिपर र एउटा डोजर नियन्त्रणमा लिएको थियो भने आइतबार जिल्ला समन्वय समिति तथा महानगरपालिकाले कारवाही गर्ने गरि छाडिएको थियो ।

आफ्नो वडामा उत्खनन् भएको जानकारी नपाएको वडाध्यक्ष शिव आचार्यले बताए ।

महानगरपालिका योजना शाखाका शारदामहोन काफ्लेले काम अहिले रोकिएको बताए । ‘महानगरले त्यहाँ उत्खनन्को काम रोकेको छ,’ उनले भने, ‘म्याद थप गर्न खोजेका थिए हामीले दिएका छैनाैँ ।’

त्यहाँबाट माटो आवश्यक परेको हुनाले महानगरपालिकाबाट स्वीकृत लिएर उत्खनन् गरिएको ठेकेदार शरण सापकोटाले बताए । आफ्नो पनि शेयर रहेको भन्दै साप्कोटाले के को लागि खनिएको भन्ने प्रष्ट उत्तर दिएनन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.