पोखरा
ताण्डव न्यूज ।
लेकसाइडको होटल सेन्चुरीमा सुइडेनका नागरिक मृत अवस्थामा फेला परेका छन् ।
एभेन्टर नाम गरेका ५९ वर्षीय सुइडेनका नागरिक होटलको कोठमा मृत अवस्थामा रहेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख तथा डिएसपी नविन कार्कीले बताए ।

‘३ महिनादेखी बस्दै आएका विदेशी नागरिक विहान होटलको कोठामा मृत अवस्थामा भेटियो,’ उनले भने, ‘राती सुतेको उनी विहान अबेरसम्म नउठेपछि होटलका स्टाफले झ्यालबाट हेरेर बोलाउँदा समेत नउठेपछि हामीलाई खबर गरेका थिए ।’
झ्याल ढोका बन्दा गरेर सुतेका विदेशी विहान मृत अवस्थामा फेला परेका हुन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.