www.tandavnews.com
Fact ~ In search of truth

गायक बिनोद बानियाँ भन्छन्, ‘उठ्न सिक पार्वती..हाँस्न सिक पार्वती’

पोखरा,
ताण्डव न्यूज

गायक विनोद बानियाको सामाजिक चेतनामुलक गीत ‘पार्वती’ को मंगलबार पोखरा थिएटरमा लोकार्पण गरियो । गीतकार तथा संस्कृतकर्मी तीर्थ श्रेष्ठले लेखेको गीतमा हरि लम्सालले संगीत भरेका छन् ।

‘उठ्न सिक पार्वती..हाँस्न सिक पार्वती’ गीत एकल महिलाको कथालाई प्रस्तुत गरिएको गीतकार तीर्थ श्रेष्ठले बताए । लम्जुङको भुजुङ गाउँ घुम्न जाँदा बिहान एक एकल युवती महिलाले धारोमा पानी भरेको दृश्य सम्झेर गीतमा उतारेको श्रेष्ठले बताए ।

Batas

गायक बानियाँले गीतको शब्द सरल र अन्य गीत भन्दा पृथक रहेको भएरनै गाएको सुनाए । ‘आजसम्म बनाइएका गीतहरु मध्ये केही फरक शैलीको गीत हो पार्वती । यस्ता गीतहरु कमै मात्र सिर्जना भएका हुन्छन्,’ बानियाले भने ।

पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गरेको लोर्कापण कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले समाजमा रहेका एकल महिलाको चित्रण गीतबाट भएको औल्याए । उनले ‘पार्वती’ गीतबाट गायक बानियाँको संगीतको भविष्य अझ उज्वल बन्ने आशा प्रकट गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.