
पोखरा
ताण्डव न्यूज ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दुई वटा डान्स बारबाट अन्डर ऐज (१८ वर्ष मुनि)का दुई जना किशोरीलाई उद्धार गरेको छ ।
कास्की प्रहरीले दुई किशोरीलाई लेकसाइडको क्लब नाइन्टी नाइन (CLUB 99 ) र डिएनडि (DND) रेष्टुरेण्ड एण्ड बारबाट उद्धार गरि सञ्चालकलाई पक्राउ गरेको हो ।

१४ वर्षीय र १५ वर्षीय किशोरीलाई राखेको आरोपमा कास्की प्रहरीले नाइन्टी नाइनका संचालक सुनिल गुरुङ, माधवबहादुर पौडेल, अशोक पराजुली, मेनेजर विक्रम लोप्चन र डिएनडिका संचालक देवकुमार श्रेष्ठलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई सार्वजनिक मुद्धा दर्ता गरि थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर रानाले बताए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.