www.tandavnews.com
Fact ~ In search of truth

भ्युज किनेर पाइन्छ तर स्टारडम किनेर पाइँदैन

पोखरा
ताण्डव न्यूज ।

नेपाली चलचित्रमा नारीलाई शक्तिशाली भुमिकामा देखाउने श्रेय रेखा थापालाई जान्छ ।

उनका पछिल्ला फिल्महरु नारी प्रधान छन् । चाहे काली, हिम्मतवाली वा रुद्रप्रिया । नेपाली फिल्म नायकहरुको स्टारडमलाई चिर्दै रेखा थापाले नारी पात्रलाई स्थापित गराएकी हुन् भन्नेमा दुुइ मत छैन् ।

Batas

रेखाले निर्देशन गरेको पछिल्लो फिल्म मालिका लक्ष्मी पुजामा रिलिज हुँदैछ । सोही फिल्म एउटा गित केही दिन अघिमात्रै युट्युव रिलिज भयो ।

हल्का माया के माया गाढा लगाउने
नजिक माया छदैं छ टाढा लगाउने

उक्त गीतमा सुरेश अधिकारीको संगीतमा नर कार्कीको शब्दलाई अन्जु पन्तले सुमधुर स्वरमा गाएकी छन् ।

करिब १२ दिन लगाएर जाजरकोटमा छायाँकन गरिएको गीतको शब्दका भावहरु मन छुने छन् । उक्त गीतमा पश्चिमको कला संस्कृतिलाई देखाइएको छ । अझ रोचक के छ भने रेखा बाहेक अन्य सबै स्थानिय बासी हुन् जो व्यावसायिक नृत्य गर्दैनन् ।

हामीले फिल्म व्यापारका लागि बनाएका हैनौं, कार्यकारी निर्माता नर कार्की भन्छन् ‘सुदुरपश्चिमका ५ लाख भन्दा बढि चेलीको यथार्थलाई फिल्म मार्फत देखाउन खोजेका मात्रै हौं ।’

उनले युट्युवमा गीत चल्दैमा फिल्म र कलाकार हिट हुने नचल्दैंमा फल्प भन्नु गलत रहेको तर्क गरे । उक्त गितले चार दिन सम्म २ लाख समेत भ्युज कटाएको छैन ।

गीतले युट्युवमा भ्युज नपाएकै कारण रेखाको स्टारडमलाई जोडिनु भने स्वभाविक हुँदैन । भ्युजले कलाकारको हैसियतको मापन पक्कै गर्दैन । भिडियोमा दर्शकहरुले दिएको प्रतिक्रयाले पनि गितको मर्मलाई प्रष्टाउँछ ।

‘युट्युवमा ट्रेलर, गीतको भ्युज बढाउनलाई कुनै कठिन छैन् । तर कलाकारले आफ्नो स्टारडम बनाउन र यथावत राख्न गरेको मिहेनतलाई नजरअन्दाज गर्नु हुँदैन । मलाई भ्युज कमाएर स्टार बन्नु छैन, भ्युज किनेर पाइन्छ तर स्टारडम किनेर पाइदैन,’ रेखा भन्छिन्  ‘भ्युजले स्टाटरडमको निर्धारण गर्दैन, कसले कसरी किन्यो बेच्यो मलाई त्यसले छुदैन । मालिका व्यापारको लागी मात्रै बनेको फिल्म होइन ।’

युटुयुवमा केही डलर खर्चेर भ्युज कमाएकै आधारमा फिल्मले चर्चा कमाउने भए , कलाकार स्टार हुने भए आज धेरै अनुहार स्टार अनि सुपरस्टार बन्ने थिए । फिल्ममा रेखा संगै कमला ओली मुख्य भुमिकामा छिन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.