www.tandavnews.com
Fact ~ In search of truth

जेलकै खाना विषाक्त परेपछि ७८ जना सिकिस्त, बन्दी अान्दाेलनमा

नयाँ दिल्ली : भारतको आर्थिक राजधानी मानिने मुम्बइको एउटा जेलमा रहेका करिब ७८ जना महिला विषाक्त खानेकुराका कारण सिकिस्त बिरामी भएका छन् ।

सो खाना खाएपछि उनीहरुको स्वास्थ्य अवस्था नाजुक भएको र अस्पताल भर्ना गरिएको उक्त जेलका अधिकारीले जनाएका छन् ।

अस्पताल स्रोतले शुक्रबार दिएको जानकारीअनुसार मुम्बइको बाइकुल्ला जेलमा रहेका ती महिलाहरुलाई दिइएको खाना विषाक्त पाइएको थियो । खाना खाएपपछि पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने जस्ता समस्या देखा परेको र उनीहरुलाई अस्पताल राखिएको स्रोतले जनाएको छ । सो अस्पतालका अधिकारीले ती महिलाको सिकिस्त अवस्थामा उपचार भइरहेको बताएका छन् ।

सो समस्याको कारण ७८ जना महिला अस्पताल भर्ना भएका सो स्रोतले जानकारी दिएको छ । यस घटनाको विस्तृत रुपमा अनुसन्धान गर्न जेलका अधिकारीले निर्देशन दिएका छन् । उनीहरु बिरामी परेपछि सँगै रहेको पुरुषहरु राख्ने बन्दीगृहका बन्दीहरुले त्यसका विरुद्धमा आन्दोलन गरेका छन् ।-रासस/एएफपी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.