www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं,
ताण्डव न्यूज ।

संघीय संसद विघटनको असर प्रदेश सरकारहरुमा पनि क्रमश पर्न थालेको छ ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेको छ ।

Batas

आचार्य प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य पनि हुन् । सभामुखबाहेक प्रदेशसभामा नेकपाका ६६ सांसद छन् । तीमध्ये प्रचण्ड–नेपाल पक्षका ३७ सांसदले ३७ जनाको हस्ताक्षर संसदीय दलका उपनेतालाई बुझाएका हुन् ।

यसअघि आईतबार बिहानै प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.