www.tandavnews.com
Fact ~ In search of truth

वल्र्डलिङ्कको सम्पर्क कार्यालय अब भण्डारढिकमा

पोखरा।

देशै भरी फाइबर इन्टरनेट मार्फत छुट्टै छवि जमाउन सफल वल्र्डलिङ्क कम्युनिकेसन प्रालिको पोखरा महानगरपालिका –२७ स्थित तालचोकमा रहेको सम्पर्क कार्यालय भण्डारढिकमा सरेको छ ।

महेन्द्रपुलमा मुख्य शाखा कार्यालय रहेको यस प्रालिले शिशुवा, बेगनास, पावरहाउस, सैनिकबस्ती, बुढीबजार, ढुङ्गेपाटन, तालचोक, अर्घाैचोक, रिठ्ठेपानी तथा लेखनाथ आसपासका सेवाग्राहीको सुबिधालाई मध्यनजर गर्दै आफ्नो पाँचौ सम्पर्क कार्यालय भण्डारढिकमा सारेको हो ।

Batas

वल्र्डलिङ्क कम्युनिकेसन प्रालि नेपालका जनरल म्यानेजर किरण गौतम, वल्र्डलिङ्क कम्युनिकेसन प्रालि काडमाडौंका प्रतिनिधी प्रजय नेपाल, र वल्र्डलिङ्क कम्युनिकेसन प्रालि पोखराका शाखा प्रमुख युसफ श्रेष्ठले सम्पर्क कार्यालयको विधिवत् शुभारम्भ गरे ।

सोही अबसरमा बोल्दै जनरल म्यानेजर किरण गौतमले ईन्टरनेट तथा प्रविधिको माध्यमबाट सबै नेपालीलाई जोडेर मुुलुकलाई समृद्ध बनाउन टेवा पुर्याउने बताए । “छिटो भनेकै वल्र्डलिङ्क” भन्ने नारा सहित ग्राहकलाई तिब्र गतिको फाईबर ईन्टरनेट तथा नेटटिभीको समेत ग्राहकलाई सर्बसुलभ मुल्यमा सेवा दिदै आएको उल्लेख गरे । पछिल्लो समय प्रविधिको युग हो उनले भने “ईन्टरनेटको उचित प्रयोग गर्न सके मुलुक समृद्ध बनाउन ठुलो भुमिका खेल्छ ।”

त्यस्तै वल्र्डलिङ्क कम्युनिकेसन प्रालि पोखराका शाखा प्रमुख युशफ श्रेष्ठले लेखनाथ क्षेत्रका सेवाग्राहीले सो सम्पर्क कार्यालयबाट वल्र्डलिङ्क बारे प्राविधिक सहयोग, बिल भुक्तानी तथा नयां सेवा लगायतका जानकारी लिन सक्ने बताए । उनका अनुसार यो पोखराको पाँचौ सम्पर्क कार्यालय हो ।

तिब्र गतिमा देशै भरि बजार बिस्तार गरिरहेको वल्र्डलिङ्कले पछिल्लो समय पोखरा आसपासका कुस्मा, बाग्लुङ, बेनीबजारमा ईन्टरनेट पुर्याईसकेको उल्लेख गर्दै यथाशिघ्र स्याङ्जा, आबुखैरेनी तथा गोरखा बजार लगायतका ठाँउहरुमा छिट्टै ईन्टरनेट सेवा उपलब्ध गराउने श्रेष्ठले बताए ।

पोखरा आसपासका ग्राहकहरुले आफुलाई पायक पर्नेे जुनसुकै सम्पर्क कार्यालयबाट सेवा सुबिधा लिन सक्ने समेत उनको भनाई रहेको थियो । वल्र्ड्लि‌क कम्युनिकेसन प्रालिले यसअघि पोखरा महानगरपालिकाको राष्ट्रबैंकचोक, बगर र अमरसिंहचोकमा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याईसकेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.