पोखरा
ताण्डव न्यूज ।
चिनियाँ फोन उत्पादक कम्पनी हुवाईले नोभा सिरिजका नयाँ स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ । कम्पनीले २४ एआई क्यामराफोन भएको नोभा सिरिज अन्तर्गत नोभा थ्री र नोभा थ्री आई बजारमा ल्याएको हो ।
प्रयोगकर्ताहरुको जीवनशैली सहज बनाउने गरी आकर्षक डिजाइनमा निर्माण गरिएको यी स्मार्टफोनहरूमा एउटा अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली एसओसी जडान गरिएको छ ।

के हो अल क्वाड क्यामरा ?
प्रविधिको विकाससँगै मोबाइल प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढिरहेको छ ।
मानिसहरु आफ्नो जीवनका हरेका क्षणहरूलाई फोटो मार्फत कैद गर्छन् । यसैलाई मध्यनजर गर्दै हुवाईले पछिल्लो नोभा स्मार्टफोनहरूमा फोटो खिच्ने क्षमतामा सुधार गरेको जनाएको छ । हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स(एआई) क्षमता भएको प्रणाली जडित छ । जसले सेल्फीको ट्रेण्डलाई नयाँ उचाइमा पुर्याउने विश्वास कम्पनिले लिएको छ ।
दुवै फोनमा दुईवटा फ्रन्ट क्यामरा , २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ ।
प्राइमरी क्यामराले फोटो तथा भिडियोहरू एकदम स्पष्ट हुनेगरी खिच्दछ भने सेकेण्डरी क्यामराले गहिराईका साथ खिच्दछ।
हुवाई नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफर १.८ वाइड एपेर्चर ६पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ । यसले अध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइन ती तस्वीरहरूमाथि धेरै नियन्त्रण पनि दिने जनाइएको छ ।
हुवाई नोभा थ्री आईमा शक्तिशाला रियर क्यामराहरू पनि रहेको छ । रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ।
दुवै स्मार्टफोनहरूमा पछिल्लो पुस्ताको विशेषताहरू छन् , ६.३ ईन्च एफएचडी + (२३४०X१०८०) १९.५:९ को फूल भ्यू।
दुवै मोबाइल “आइरिस ब्लू“ कलरमा उपलब्ध छन् । हुवाईका दुवै फोनहरू ग्लास प्यानलले ढाकिएको छ। हुवाई नोभा थ्रीको दुवै पट्टि स्मुथ डबल कर्भ ग्लास प्यानलले ढाकिएको छ ।
त्यस्तै हुवाई नोभा थ्री आईमा नानो(टेक्चर्ड) फिल्म जस्तो विशेषता छ । यसलाइ जब प्रकाशमुनि राखिन्छ तब सेमी सर्कुलर कर्भहरूबाट प्रष्ट मनमोहक ग्रेडियन्ट ईफेक्ट देखिन्छ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.