www.tandavnews.com
Fact ~ In search of truth

राजीनामा दिँदै गर्दा मन्त्री शेरबहादुरले भने ‘महिला मेरी आमा हुन्, श्रीमति हुन्, छोरी हुन्’

काठमाडौं
ताण्डव न्यूज ।

कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् ।

आज (मंगलबार) सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै  तामाङले राजिनामाबारे जानकारी दिए ।

Batas

राजीनामा पेस गर्दै गर्दा उनले आफु महिलाको हक अधिकार र अस्मीताबारे संवेदनशिल रहेको बताए ।

उनले भने ‘महिला हक अधिकारका लागि म सर्धै कानुन निर्माणमा संवेदनशिल भएर काम गरें । जे कुरामा म बढी फोकस थिएँ, त्यही कुरामा मलाई फसाइयो ।’

उनले एक कार्यक्रममा बंगलादेशमा गएका चेलिबारे बोलेको स्वीकार्दै भने ‘मैले बोलेकै हो । कहिलेकाहीं यस्तो हुँदो रहेछ । महिला मेरी आमा हुन्, मेरी श्रीमती हुन् र मेरी छोरी हुन् । नराम्रो नियत कहिल्यै रहेन र रहँदैन ।’

उनले केही बेरमा प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा पेश गर्दैछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.