www.tandavnews.com
Fact ~ In search of truth

वार्ताका लागि तयार हाेलान् त डा केसी ?

hima aus

काठमाडौँ (रासस)

अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श थालेको छ ।

सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विज्ञहरुसँग गराउनुभएको छलफलका आधारमा वार्ता समितिले थप गृहकार्य गरेको हो ।

classic tech

विज्ञहरुको सुझाव र डा केसीको मागका आधारमा संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयकमा गर्नुपर्ने संशोधनका बुँदाहरु तयार गरेर औंपचारिक वार्ता हुने तयारी भएको छ । सरकारी वार्ता समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले आफूहरु परामर्शमा रहेको तथा वार्ता र सहमतिका लागि सकारात्मक वातावरण बन्दै गएको बताए ।

चिकित्सा क्षेत्रको सुधारको माग राखी डा केसी २६ दिनदेखि अनशनमा हुनुहुन्छ र उहाँको स्वास्थ्यस्थित खराब हुुँदै गएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
SKIP add