www.tandavnews.com
Fact ~ In search of truth

बिकिनी अवतारमा नायिका प्रियंका कार्की (फाेटाे फिचर)

ताण्डव न्युज । 

नायिका प्रियंका कार्कीको क्रेज केही वर्षयता ह्वात्तै घटेको छ । उनका फिल्म एकपछि अर्को गर्दै फ्लप हुन थालेपछि उनलाई फिल्ममा अतिथि भूमिकामा मात्र देख्न थालिएको छ ।

चलचित्रमा खासै सक्रिय नदेखिए पनि प्रियंका लाइमलाइटमा भने रहने गर्छिन् । कहिले अन्तर्वार्ताका कारण त कहिले आफ्ना हट तस्वीरका कारण चर्चामा आइरहने प्रियंका पछिल्लो समय तस्वीरमा निकै खुल्दै गएकी छिन् । सामाजिक सञ्जालमा खुबै सक्रिय रहने प्रियंका टिकटकदेखि इन्स्टाग्रामलाई समय दिन भ्याएकी हुन्छिन् ।

Batas

कहिलेकाहीँ भने उनी फ्यानको नजरमा ‘ट्रोल’ पनि बन्ने गर्छिन् । तर प्रियंकालाई यस्ता कुरामा खासै मतलब लाग्दैन । प्रियंकाले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जीवनका तस्वीरलाई शेयर गरिरहेकी हुन्छिन् ।

हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा बिकिनी अवतारका हट तस्वीरहरु अपलोड गरेकी छिन् । फ्यानले ती तस्वीरमा मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

पछिल्लो समय फिल्म र अभिनयबाट चर्चामा आउन नसके पनि तस्वीरकै कारण हिट भएकी प्रियंका केही महिनायता आफ्ना ब्याइफ्रेन्ड आयुष्मान देशराज जोशीसँग साथै रहन्छिन् । प्रियंकाका तस्वीर प्रायः आयुष्मानले नै खिचेका हुन्छन् ।

यी दुईको अभिनय रहेको फिल्म ‘प्रेम दिवस’ जेठमा रिलिज हुने चर्चा छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.