www.tandavnews.com
Fact ~ In search of truth

अपांगता जन–वकालत अभियान ‘काउन्ट मि’ पोखरामा

पोखरा
ताण्डव न्युज ।

राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेश समितिले अपांगताको सवालमा जन–वकालत अभियान काउन्ट मि कार्यक्रमको अभियान गण्डकी प्रदेशको राजधानी पोखरामा भोलि (शुक्रबार)देखि हुने भएको छ ।

अपांग भएका व्यक्तिहरुको अधिकार प्राप्ति र समावेशीकरणका लागि श्रावण ६ गते देखि गरिएको कार्यक्रमलाई श्रावण १३ सम्म सञ्चालन गर्ने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष खोमराज शर्माले जानकारी दिए ।

Batas

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय समिति र सीविएले आयोग गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शर्माले नागरिकको हकमा हामीले पनि कानुन स्तरीय अधिकार पाउनु पर्ने बताए । ‘अपांगता भएका सबै व्यक्तिहरु नागरिक हुन्,’ उनले भने, ‘नागरिकसँग सरोकार राख्ने सबै कानुनहरु अपांग मैत्री हुनुपर्छ ।’

प्रदेश सरकार तथा स्थानीय तहका हरेका संरचनाहरु र योजना तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मुल्यांकन प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चत गराउन माग राखे । अब बन्ने नीति तथा कानुन विकास प्रक्रियामा अपांगता समावेशी बनाउन साथै आगामी जनगणनामा कुनै पनि अपांगता भएका व्यक्तिहरु नछुटुन भनेर सरोकारवालाहरुको ध्यानकर्षण गराउने उद्देश्यले यस अभियानको प्रारम्भ गरिएको शर्माले जानकारी दिए ।

शुक्रबारदेखि सुरु हुने कार्यक्रममा सरोकारवालाहरु सहितको ¥यालीमा प्रदेश प्रमुख, मुख्य मन्त्री, पोखरा लेखनाथ महनगरपलिका, राष्ट्रिय मानव अधिकार आयोग, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अभियान अन्तर्गत मुख्य सरोकारवाला निकायहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.