www.tandavnews.com
Fact ~ In search of truth

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन (रासस)

नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ जलवीरेमा दिउँसो ३ः४५ बजे पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

Batas

पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो । पहिरो खसिरहेकाले पन्छाउन कति समय लाग्छ भन्न नसकिने उनले बताए ।

सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले भित्तो काटेका ठाउँमा समय समयमा पहिरो जाने समस्या देखिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.