www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा अष्ट्रेलियन फुटबलको विकासका लागि सहमति

पोखरा ।

अष्ट्रेलियन फुटबल (फुटी) को नेपालमा विकासका लागि दुई पक्षविच पोखरामा सहमति भएको छ । अष्ट्रेलियामा रहि नेपालमा शिक्षा क्षेत्रमा काम गर्दै आएको अष्ट्रेलियन इन्स्टिच्युट अफ हाइयर एजुकेसन र नेपालस्थित एकमात्रै फुटी क्लव, हिमालयन लियोपार्ड फुटी क्लवबिच एक समारोहका विच सम्झौता भएको हो ।

इन्स्टिच्युटका नेपाल प्रतिनिधी स्टेफन होफम्यान र लियोपार्ड क्लवका अध्यक्ष डिल्ली कोइरालाले एक समारोहका विच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार इन्स्टिच्युटले आगामी कार्तिक महिना सम्म क्लवलाई झण्डै १ लाख बराबरको जर्सी सहयोग गर्नेछ भने क्लवले उक्त जर्सीमा इन्स्टिच्युटको लोगो प्रयोग गर्नेछ । त्यसैगरि यो खेलको विकासका लागि आगामी दिनमा दुवै पक्षले आपसमा सहयोग तथा सहकार्य पनि गर्नेछन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्टेफनले अष्ट्रेलियाको लोकप्रिय खेल नेपालमा सञ्चालनार्थ सहयोग गर्न पाउँदा खुसि लागेको बताए ।

Batas

कार्यक्रममा बोल्दै लियोपार्ड क्लवका सल्लाहकार समेत रहेका अष्ट्रेलिया–नेपाल अर्गनाइजेशनका अध्यक्ष प्रोफेसर डा. दामोदर प्रसाद पोखरेलले नेपालमा यो खेलको विकासका लागि काठमाण्डौ, पोखरा र उदयपुरमा समितिहरु गठन गरिने बताए । अर्का सल्लाहकार नारायण पहारीले यो खेललाई प्रचार–प्रसार र व्यापक बनाउन स्कुले कार्यक्रमहरु सञ्चालन गरिने बताए । उनले अष्ट्रेलियामा मात्रै झण्डै एक लाख बढि नेपाली रहेको जानकारी दिंदै अब फुटी खेलले अष्ट्रेलिया र नेपाललाई जोड्न थप मद्धत पु¥याउने औल्याए । क्लवका सल्लाहकार तथा पोखरा होटल संघका निवर्तमान अध्यक्ष भरत पराजुलीले पोखरामा फुटी मार्फत खेलपर्यटनको विकास गर्न सकिने जनाए । क्लवका सचिव रामचन्द्र कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।

झण्डै ६ महिना अघि नेपाल भित्रिएको यो खेल कास्की जिल्ला खेलकुद विकास समितिमा क्लवका रुपमा दर्ता गरिएको छ । मेवा आकारको यो बल खेल्न हात र खुट्टा दुबैको प्रयोग गर्न सकिन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.