www.tandavnews.com
Fact ~ In search of truth

इन्टरनेशनल माउन्टेन क्रस कन्ट्री च्यालेन्ज पोखरामा

पोखरा
ताण्डव न्यूज ।

चीनको सहकार्यमा फस्ट इन्टरनेशनल माउन्टेन क्रस कन्ट्री च्यालेन्ज पोखरामा हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुमिङ माण्टेनेरिङ एशोसियसन को सयुंक्त आयोजनामा सेप्टेम्वर २९ मा खेल हुने भएको हो ।

आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा दुई पक्षबीच सहमती पत्रमा हस्ताक्षर भयो ।

Batas

सम्मेलनमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले खेलबाट पर्यटन विकासमा सहयोग पुग्ने बताए । ‘पोखराको भौगोलिक हिसाबले यस खेलको महत्व रहेको छ,’ उनले भने, ‘त्यसैले पनि खेलले पर्यटन विकासमा टेवा पु¥याउने छ ।’

रनिङ, साइकलिङ, बोटिङ लगायतको खेल ४२ किलोमिटरको रहनेछ । खेलमा गु्रप दौड तीन जनालाई अनिवार्य रहन्छ भने खेल बाराही चोकदेखि सुरु हुने संघका अध्यक्ष पालिखेले जानकारी दिए ।

कुमिङ माउण्टेनरिङ एशोसियसनका झाङ सीङले बोल्दै नेपाल र चाइना बीच कल्चरल, स्पोर्टस सम्बन्धी कुराहरु धेरै मिल्ने उल्लेख गरे । ‘यसैले पनि कम्पीटिसनले कुमिङ र पोखराको सम्बन्धलाई बलियो बनाउने छ,’ उनले भने ‘ पोखराको कल्चरल, इकोनोमि विकासमा पनि सहयोग हुने छ ।’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले यस खेललाई निरन्तरता दिन आग्रह गरे । इन्टरनेशनल इभेन्ट भएकाले आयोजक प्रति खुसी हुदै श्रेष्ठले शुभकामना व्यक्त गरे ।

पोखरा उघोग वाणिज्य संघका महासचिव दामु अधिकारीले सञ्चालन गरेको कार्यक्रममा पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचनले शुभकामना मन्तव्य राखेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.