www.tandavnews.com
Fact ~ In search of truth

नेपाल-चीन आवतजावत बन्द

रसुवा (रासस)

रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पु¥याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आजबाट अध्ययन कार्य शुरु गरिएको छ । गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा बेजोडसँग पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जग क्षति पु¥याएको स्थानीयवासीले बताए ।

Batas

सवारीसाधन नगुडेपछि भन्सार राजश्वमा दैनिक रु एक करोड घाटा हुन गएको भन्सार कार्यालयले जनाएको छ । चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको प्रजिअ पौडेलले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.