www.tandavnews.com
Fact ~ In search of truth

सांसदले चित्तबुझ्दो जवाफ पाएनन्, प्रधानन्यायधीसमा जोशीको नाम टुङ्गो लागेन

काठमाडौँ ।

भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन ।

संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले थप छलफल गर्नु आवश्यक भएको हुँदा बैठक बुधबार दिउँसो ३ः३० बजे बस्ने गरी स्थगित भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित्तबुझ्दो जवाफ नदिएको र कतिपय प्रश्नको जवाफ नै नदिएको समितिका सदस्यहरुको ठम्याइ छ ।

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशीले कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।-रासस

machhapuchre
madi

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.