www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘कंगारु एड्मिसन डे अष्ट्रेलिया’ हुने

पाेखरा ।

अष्ट्रेलियामा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि कंगारु एजुकेशन फाउण्डेशन पोखराले ‘कंगारु एड्मिसन डे अष्ट्रेलिया’ कार्यक्रमको आयोजनामा गर्ने भएको छ ।

चिप्लेढुंगा स्थित सेलवेज टावरको पाचौं तलामा रहेको कंगारुको कार्यालयमा यहि श्रावण १८ र १९ गते दुई दिन सम्म हुने उक्त कार्यक्रममा अष्ट्रेलिया स्थित विभिन्न कलेज तथा यूनिभर्सिटीका प्रतिनिधीहरु सगं पोखरा क्षेत्रका विद्यार्थीहरुले प्रत्यक्ष रुपमा भेट गरी सम्पुर्ण जानकारी लिन सक्नेछन् ।

साथै आफुलाई उपयूक्त हुने कलेज तथा विश्वविद्यालयमा भर्नाका लागि समेत आवेदन गर्न सक्ने सुबिधा प्रदान गर्ने गरि यो कार्यक्रम राखिएको कंगारु एजुकेशन फाउण्डेशन पोखराका कार्यकारी निर्देशक टि.आर. काफ्लेले बताए ।

अन्य शैक्षीक मेला भन्दा फरक किसिमले आयोजना गरिएको यो कंगारु एड्मीसन डे मा सहभागिता जनाउने विद्यार्थी तथा अभिभावकलाई कंगारु एजुकेशन पोखराले बिशेष गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेको छ ।

Lama collectio News Middle

कंगारु एजुकेशन पोखराको आफ्नै कार्यालय परिसरमा संचालन हुने यो शैक्षिक मेलामा अष्ट्रेलिया स्थित ११ वटा कलेज तथा यूनिभर्सिटीहरुको प्रत्यक्ष सहभागिता रहने संस्थाका अपरेशन प्रमुख वविता पराजुलीले बताइन् ।

पछिल्लो समय नेपाली विद्यार्थीहरुको अष्ट्रेलिया प्रति बढ्दो रुची र सहज भिसा पद्धती भएका कारण वर्षमा तिन पटक भर्ना लिइने अष्ट्रेलियाका लागि यस दुइ दिने कार्यक्रममा नोभेम्वर तथा फेब्रेवरीका लागि निवेदन स्वीकार गरिनेछ ।

विहान १० बजे देखि साझ ५ बजे सम्म चल्ने कंगारु एड्मीसन डे मा विद्यार्थीको शैक्षिक योग्यता तथा प्राप्ताङकका आधारमा विभिन्न कलेज तथा यूनिभर्सिटीको छात्रवृति उपलब्ध गराइनेछ ।

उक्त कार्यक्रममा विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक कर्जाको वारेमा जानकारी गराउनका लागि सिद्धार्थ बैंकले पनि आफ्नो सहभागिता जनाउने बताइएकाे छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop