www.tandavnews.com
Fact ~ In search of truth

गुरुकुलका वटुकहरुलाई सहयोग

पोखरा
ताण्डव न्यूज ।

संस्कृत माध्यमिक विद्यालय स्थित गुरुकुलमा रहेर नियमित रुद्राभिसेकमा सम्लग्न ६० बटुकहरुलाई सहयोग प्राप्त भएको छ । तुलबहादुर ठकुरीले आज बिहीबार गुरुकुलका बटुकहरुलाई भोजनकालागि १० हजार सहयोग गरेका हुन् । स्वच्छ पानीका लागि उनले २ वटा युरोगार्ड समेत उपलब्ध गराए ।

यस्तै, रामचन्द्र पौडेलले ५ हजार ५५ सहयोग गरे।

Batas

सो अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द नेपालीले गुरुकुल प्रवर्द्धनका लागि आवास तथा पुजा कक्षको प्रयोजनका लागि ट्रस्ट निमाणका लागि सहयोग गर्न एवम् सहयोगि जुटाउन आव्हान गरे ।

विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद देवकोटाले सहयोगिदाताहरु प्रती धन्यवाद प्रकट गर्दै अन्य सहयोगि हातहरु जुटाउन आव्हान गरे।

कार्यक्रममा बोल्दै ज्योतिष परिषद प्रदेश न ४ का माहासचिव कमल पौडेलले बार्षीक रूपमा १ दिन बटुकहरुलाई भोजन गराउने चाहाना राख्ने सहयोगी मनहरुलाई जुटाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहयोगदाता कल्पना खनाल ,पदममाया ठकुरी ,सहयोगदाता प्रकाश रमण अधिकारी ,सरोज रमण अधिकारीको उपस्थिती रहेको थियो ।

सहयोगदाता दलबाहादुर ठकुरीले गुरुकुलका बटुकहरुलाई वार्षिक १ छाक भोजन गराउने घोषणा गरे ।

बिद्यालयका सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले कार्यक्रमको सञ्चालन गरेका थिए।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.