www.tandavnews.com
Fact ~ In search of truth

‘सही परामर्शले नै विद्यार्थीको भविष्य निर्धारण गर्छ’

पोखरा
ताण्डव न्यूज ।

सन् २००७ मा अष्ट्रेलियाको ब्रिजबेन र काठमाडौँबाट एक साथ सेवाविस्तार गरेको मेट्स एजुकेशनल एण्ड भिसा सर्भिसेसले अष्ट्रेलिया र न्यूजिल्याण्ड अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ ।

कन्सल्टेन्सीको भिडमा विद्यार्थीहरुबीच अब्बल बन्दै गइरहेको मेट्सको अष्ट्रेलियामा मुख्य कार्यालय सहित तिन वटा शाखा र नेपालमा पोखरा गरी ६ विभिन्न सहरको शाखा कार्यालयबाट सेवा दिँदै आइरहेको छ । पोखराको यसको शाखा न्यूरोड स्थित गोसेली हाउसको पारिपट्टी रहेको छ । विदेशमा उच्च शिक्षाको अवस्था र अवसर लगायतका विषयमा मेट्सकी डाइरेक्टर तथा सिनियर कन्सल्ट्यान्ट मनिषा पौडेलसँग ताण्डव न्यूजकर्मीले गरेको कुराकानी :

Batas

कन्सल्टेन्सीले कस्तो किसिमको सेवा उपलब्ध गराउँदै आएको छ ?

अष्ट्रेलिया र न्यूजिल्याण्डमा उच्च शिक्षा अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिँदै आएका छौं । साथै आइएलटीएस, पिटीई, जिआरई र टोफेल भाषाका तयारी कक्षा सञ्चालन भइरहेका छन् । त्यससँगै अष्ट्रेलिया र न्यूजिल्याण्डका लागि माइग्रेसन एजेन्टको रुपमा पनि काम गरेका छौं ।

कुन–कुन विश्वविद्यालयसँग समन्वय गरेर काम गरिरहनु भएको छ ?

अष्ट्रेलिया र न्यूजिल्याण्डमा अवस्थित यूएसक्यू, यूक्यू, सीक्यू, यूटास, एससीयू, यूर्निभसिटी अफ सन्साइन कोस्ट लगायत १५ वटा ख्याति प्राप्त विश्वविद्यालय र अन्य विभिन्न कलेजहरुसँगको सहकार्यमा काम गरिरहेका छौं ।

विद्यार्थीका लागि कस्ता शैक्षिक प्योकज छन् ?

नर्सिङ, एकाउन्टिङ, आइटी, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सोसीयल वर्कका विषयहरुमा डिप्लोमा, एड्भान्स डिप्लोमा, ब्याचर्लस र मास्टर डिग्रीका प्रोग्रामहरुमा हामीले विद्यार्थीहरुलाई अफर गर्ने गरेका छौं ।

तपाईहरुले प्रदान गर्ने सेवामा अष्ट्रेलिया र न्यूजिल्याण्ड नै किन ?

अष्ट्रेलिया र न्यूजिल्याण्डमा विश्वको उत्कृष्ट १० मध्येका विश्वविद्यालयहरुमा विद्यार्थीले अध्ययन गर्न पाउने अवसर प्राप्त हुन्छ । अष्ट्रेलिया र न्यूजिल्याण्डमा अध्ययनगरि प्राप्त गरेका डिग्रीले विश्वव्यापी मान्यता पाउने कारणले गर्दा अष्ट्रेलिया र न्यूजिल्याण्डमा विशेषतः पछिल्लो समय आर्कषण बढेको छ । त्यसकारण पनि विश्वकै तेस्रो उत्कृष्ट शैक्षिक गन्तव्य अष्टे«लिया र न्यूजिल्याण्ड रहेका छन् । नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय विश्वविद्यालयमा अध्ययन गर्न पाऊन् भन्ने हाम्रो अर्गनाईजेसनको उद्देश्य हो ।

यहाँको कन्सल्टेन्सिमा नै विद्यार्थी किन आउने ?

हाम्रो कन्सल्टेन्सीमा अनुभवी काउन्सिलरहरुद्वारा परामर्श दिँदै आएका छौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा लामो समय अध्ययन गरी आएका अनुभवी व्यवस्थापकहरुद्वारा भिसा प्रोसेसिङ्गको सेवाउपलब्ध गराउँदै आएका छौं । म आफैं पनि एक दशक अष्टे«लियामा सफल बसाई पश्चात्त नेपाल फर्किएर परामर्शदाताको रुपमा कार्यरत छु ।

मैले सगाँलेको अनुभव विद्यार्थीलाई सेयर गर्ने गर्दछु । जसकारण उनीहरुले सबै सूचना सही पाउने छन् भन्नेमा हामी दृढ छौं । साथै, मेट्स इन्टरनेसनल एजुकेशन एण्ड भिसा सर्भिसेसको स्थापना कालदेखि हालसम्म दश हजार भन्दा बढी विद्यार्थीलाई अष्टे«लिया र न्यूजिल्याण्डका उत्कृष्ट विश्वविद्यालयहरुमा पठाइसकेको अनुभव छ । यसकारण पनि मेट्स नै विद्यार्थीको राम्रो रोजाई हुन सक्नेछ ।

अष्ट्रेलिया बसाईको लामो अनुभव भए पनि अष्ट्रेलियाको सुविधाले तान्न नसक्नुको कारण चाहीँ के नि ?

म अध्ययनको क्रममा लामो समय अष्ट्रेलिया बसेँ । त्यहाँ पनि एउटा आफ्नो पोजिसन क्रियट गरेको पनि थिए । तर अध्ययन सकिसके पछि र प्राप्त गरेको अनुभवलाई आफ्नै स्वर्गसरी भूमिमा अप्लाई गर्न पाए केही योगदान म बाट पनि हुनेछ भन्ने अपेक्षा छ । प्राप्त गरेको ज्ञान र सिकेको सीपलाई उचित सदुपयोग गर्ने त आफ्नै जन्मभूमि नै हो नि, होइन र !

तपाईको बुझाईमा नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया कत्तिको सुरक्षित स्थान हो ?

सुरक्षाको दृष्टिकोणले अत्यन्तै सुगम स्थान हो अष्ट्रेलिया । सामाजिक एवं आर्थिक पक्षले पनि अब्बल देश भएकाले अष्टे«लियामा मानवअधिकार र सामाजिक सुरक्षाको प्रत्याभूति त्यहाँ प्रवेश गर्ने जो कोही लाई हुने गर्दछ ।

कतिपय हामीकहाँ अभिभावकहरु आउनुहुन्छ छोरी मान्छेलाई कत्तिको सहज छ भन्ने किसिमको जिज्ञासा राख्नु हुन्छ । म आफू पनि महिला भएको कारण उहाँहरुलाई मेरो भोगाईमा रहेका सबै जानकारी दिने गर्छु । निश्चिन्त भएर उहाँहरु हामी कहाँबाट नै सेवा लिईरहेको पनि हुनुहुन्छ ।

यहाँबाट सेवा लिएर अष्ट्रेलिया र न्यूजिल्याण्ड पुगेका विद्यार्थीलाई कस्तो किसिमको सेवा दिने गर्नुहुन्छ ?

हाम्रो अष्ट्रेलिया र न्यूजिल्याण्डमा सम्पर्क कार्यालयहरु स्थापना भएका छन् । हाम्रा प्रतिनिधिहरुले यहाँबाट सेवा लिएर गएका विद्यार्थीहरुलाई एयरपोर्ट देखि कलेज वा विश्वविद्यालयसम्म सहकार्य गरिदिने प्रबन्ध मिलाएका छौं । भविष्यमा आईपर्ने कुनै पनि समस्या समाधानका लागि मेट्सले पूर्णतया व्यवस्था मिलाएको छ ।

सेवा लिएर विदेश गईसकेका विद्यार्थीहरुको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

हाम्रो उद्देश्य व्यवसाय मात्रै सञ्चालन गर्नु होइन । हामीबाट सेवा लिएका प्रत्येक विद्यार्थीको सन्तुष्टि नै हाम्रो विद्यमान परिचय हो । हालसम्म दश हजार बढी विद्यार्थीले हाम्रो कम्पनीबाट सेवा लिईसकेको यो गर्विलो इतिहास हामी माझ सदैव कायम रहिरहने छ ।

हालसम्म सेवा लिइरहेका विद्यार्थी हाम्रो कम्पनीसँग कुनै न कुनै माध्यमबाट जोडिई रहनु भएको छ । सबै जना सन्तुष्ट पाएका छौं । उहाँहरुको प्रतिक्रियाले नै हाम्रो कम्पनीको भविष्यको खाका पनि कोर्न मद्दत गरिरहेको छ ।

विदेश जान चाहने विद्यार्थीलाई के सुझाव दिनुहुन्छ ?

यदि कोही विद्यार्थी वैदेशिक शिक्षाको निम्त्ति जाने तयारी गर्नु भएको छ भने निम्न कुरामा ध्यान दिनुपर्दछ । आफू जानचाहेको ठाउँको बारेमा पर्याप्त जानकारी लिने । छनौट गरेको विश्वविद्यालय वा कलेज सम्बन्धी विस्तृत सूचना लिने ।

भिसा प्रोसेसिङ्ग गर्न लागेको कन्सल्टेन्सीको बारेमा पनि पर्याप्त जानकारी राख्ने । सही परामर्शदाताबाट पाएको सूचनाले नै विद्यार्थीको भविष्य निर्धारण गर्दछ । लहैलहैमा लाग्नु भन्दा पनि सेल्फ रिसर्चले विद्यार्थीलाई जिम्मेवार बनाउँछ । सोही अनुसार अघि बढ्न सुझाव दिन्छु ।

प्रस्तुति : ईश्वर देवकोटा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.