संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।
अप्टिकल फाईबर चुँडिएपछि धाैलागिरीमा ल्याण्ड लाईन टेलीफाेन सहित ईन्टरनेट सेवा बन्द भएकाे छ।
कास्कीकाे अन्नपूर्ण गाउँपालिका स्थित गिरीचाेकमा अप्टिकल फाईबरकाे तार चुँडिएका कारण साेमबार साँझ ६ बजेबाट सेवा अबरुद्ध भएकाे हाे । फाईबर मर्मतकाे लागि साेमबार साँझबाट नै प्रयास भैरहेकाे भएपनि मंगलबार सम्म पनि सेवा सुचारु हुन सकेकाे छैन। नेपाल टेलीकम पर्वतका कर्मचारी जगन अधिकारीले मंगलबार बिहानैबाट मर्मतकाे काम शुरु भएकाे जानकारी दिए।

फाेन, ईन्टरनेट सेवा बन्द हुँदा धाैलागिरीका चार जिल्लाहरु पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ प्रभावित भएका छन् ।
सेवा अबरुद्ध हुँदा बैँकिङ सेवा पनि प्रभावित भएका छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.