www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वीचोकबाट ५४० थान लागु औषध सहित शेषकान्त पक्राउ

पोखरा
ताण्डव न्यूज ।

पोखराको व्यस्त बजार पृथ्वीचोकबाट ठूलो मात्राको लागु औषध सहित एक जना पक्राउ परेका छन् ।

कपिलवस्तु घर भएका १९ वर्षीय शेषकान्त थारु फेनरागन १ सय ८०, डाइजापाम १ सय ८०, नुर्फिम १ सय ८० थान र नाइट्रोजन ट्याब्लेट ३ पत्ता सहित पक्राउ परेका हुन् ।

Batas

पृथ्वीचोक स्थित दिप म:म रेष्टुरेण्टमा बसिरहेको अवस्थामा अस्थाई प्रहरी पोष्ट पृथ्वीचोकबाट खटिएको टोलिले चेकजाँचको क्रममा थारुलाई पक्राउ गरेको जनाएको छ ।

थारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनायो ।

स्याङ्जा :  ७५ थान लागु औषध सहित कृष्ण पक्राउ

स्याङ्जा वालिङमा प्रहरी टोलिको विशेष चेक जाँचको क्रममा पोखरा २९ बस्ने १९ वर्षीय कृष्ण परियार ७५ थान लागु औषध सहित पक्राउ गरेको छ ।

लु १ ख ५८८० नं. को बसमा सवार परियारको झोलाबाट फेनरागन २५, डाइजापाम २५, नुर्फिम २५ थान सहित पक्राउ गरेको हो ।

पक्राउ परेका परियारलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि पक्रिया अघि बढाएको प्रहरी स्रोतले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.