www.tandavnews.com
Fact ~ In search of truth

‘लेखापढी व्यवसायीको वर्गीकरण हुनुपर्छ’

१. लेखापढी तथा कानुन व्यवसायी एसोसिएसनको बारेमा भनिदिनुहोस् न ?

एसोसिएसन भनेको नेपालमा प्रचलित कानुनले व्यवस्था गरेर अनुसारको व्यवसायी हो । २०२५ सालाको ऐन अनुसार नेपालमा लेखनदास नियमावली भनेर अदालतले प्रमाण–पत्र दिन्थ्यो । २०५० सालमा संशोधान भयो । २०५१ मा नियमावली बन्यो ।

कानुन व्यवसायी ऐन २०५० र २०५१ बमोजिम देशका ७५ वटै जिल्लामा सम्बन्धी जिल्ला अदालतबाट सरकारी अड्डामा लेखापढि गर्न पाउने गरि अनुमती पत्र प्रदान गरियो । जस अनुसार सेवाग्राहीको बढि चाप हुने सरकारी निकायमा लेखापढि व्यवसायी खटिए ।

Batas

अनुमती पाएका लेखापढि व्यवसायीलाई एककृत गरेर २०५२ सालमा संस्थागत हुने गरि चितवनमा एउटा भेला भयो । त्यो वेलाले यो संस्था जन्मायो ।

२. यसको सदस्य हुन के गर्नुपर्छ ?

सबै भन्दा पहिला जिल्ला अदालतबाट लेखापढि अनुमती पत्र लिनु प¥यो । त्यसपछि फौजदारी अभियोग लागेको हुनु भएन ।

उसले फलानो संस्थामा काम गर्छु भनेर एसोसियसनमा निवेदन दिनु पर्यो । साथै स्थायी लेखा नम्बर लिएको हुनुपर्छ । त्यति प्रक्रिया पूरा गरेर त्यहाँको स्थानीय संस्थालाई चित्त बुझेपछि उसले सदस्यता पाउँछ ।

३.लेखापढी तथा कानुन व्यवसायी क्षेत्रका समस्या के छन् ? यसको समाधान गर्न के गर्नु पर्ला ?

समस्या धेरै छ । पहिलो कुरा लेखापढि व्यवसायीको वर्गीकरण हुन जरुरी छ । यहाँ ४ प्रकारका व्यवसायी छन् । पहिलो प्रकारको व्यवसायीसँग लाईसेन्स पनि हुँदैन केही पनि हुँदैन ।

तर भन्ने वेलामा म अड्डा अदालतमा लेखापढि व्यवसायी गर्छु भन्छन् । दिनभरी अड्डातिर जान्छन् , कानुनी केही ज्ञान हुँदैन् र जिम्मेवारी पनि केही हुँदैन् ।

दोस्रो प्रकारकाले अदालतबाट लाईसेन्स सम्म लिएको हुन्छ । तर पानमा दर्ता पनि हुँदैन । हामीसँगबाट सदस्यता पनि लिएको हुँदैन् र उसको पनि कुनै जिम्मेवारी हुँदैन् ।

तेस्रो प्रकारकाले अदालबाट अनुमती पत्र र पान नम्बर लिएको हुन्छ तर हामीकहाँ दर्ता हुँदैन् । चौथो व्यक्ति यो सबै प्रक्रिया पूरा गरेको हुन्छ । जुन हाम्रो सदस्य हुन्छन् र हामीले लेखापढि व्यवसायी भन्छौ ।

व्यवसायीको नाममा यस्ता तीन प्रकारका मान्छेले गर्दा यस क्षेत्रमा समस्या आएको हो । हाम्रो सदस्यहरुबाट कुनै पनि गलत काम हुँदैन भएमा हामी कारवाहीको दायरामा ल्याउछौं । कुनै एउटा राज्यको निकायबाट नै यसको निकास निकाल्नुपर्छ । गलत गर्नेलाई नियन्त्रणमा लिने छानविन गर्ने कारवाही गर्ने गर्नुपर्छ ।

४. लेखापढीको मुख्य काम के हो ?

कानुन सम्बन्धी लिखित मस्यौदा गर्ने हो । तयार गरेको मस्यौदालाई सम्बन्धीत अड्डा अदालमा पारित गराएर सेवाग्राहिको हातसम्म पुर्याउने काम लेखापढीले गर्छ ।

५. विशेष गरि लेखापढी व्यवसायीले मालपोतमा ग्राहकलाई समस्या दिने गरेको मनपरी रकम लिने गरेको आरोप छ नी तपाई के भन्नु हुन्छ ?

आम नेपालीमा जे समस्या छ त्यो समस्या त्यहाँ हुन सक्छ । त्यहाँ समस्यानै छैन म भन्दिन, हुन सक्छ । प्रक्रिया पूरा गरेका व्यवसायीले यस्तो गर्दैन् । प्रक्रिया पूरा नगरेका व्यवसायीबाट यस्तो हुने गरेको छ हाम्रो सदस्यले गर्दैनन् ।

यो समस्याको बारेमा हामीले वेला–वेलामा बहस पनि गर्याै । राज्यले निकास दिन खोज्दैन । पहिलो काम समय पहिचान गर्ने हो । अनि त्यस विषयमा छलफल गर्ने अनि निकास निकाल्ने हो ।

यहाँ त सरकारी अड्डानै भद्रगोल छ, त्यो सुधार हुनु पर्यो अनि बल्ल लेखापढि व्यवसायीकहाँ सम्म प्रवेश गर्न पाउने भन्ने किटान हुनु प¥यो । कार्य सम्पादन र सूचना राम्रोसँग राखिदिने हो भने धेरै समस्याको समाधान हुन्थ्यो ।

६. यस क्षेत्रमा कानुनी जटिलता के छ ?

विधिगत रुपमा अनुमती पत्र लिएर गएका छन् । तिनीहरुलाई प्रहरी लगाएर पक्राउ गर्ने । जिल्ला प्रशासन कार्यलयबाट सार्वजनिक मुद्दा लगाई ६ जनालाई ३-३ हजार जरिवाना गलाएको छ ।

अनावश्यक दुःख दिने काम प्रशानबाटै भएको छ । यो पनि एक खाले अपराध हो । यसमा सम्बन्धित निकायले कानुनी र व्यवहारिक दुवै पक्ष हेर्न जरुरी छ ।

७. अन्त्यमा के भन्न हुन्छ ?

सबैभन्दा पहिला राज्य पक्षलाई के भन्न चाहन्छु भने हामी कानुनीले व्यवस्था गरे बमोजिम व्यवसायी गर्छाै । त्यही भएर लेखापढि व्यवसायीलाई नकारात्मक दृष्टीले हेर्न हुँदैन् । लेखापढि व्यवसायीले निश्चित रकम लिएर जनतालाई सेवा दिन्छ ।

यदी हामी त्यहाँ नहुने हो भने १ दिन लाग्ने काम ३ दिन लाग्न सक्छ । हामीले त सेवाग्राहीलाई सहयोग गर्ने हो । धेरै जनतालाई कानुनी पक्ष थाहा हुँदैन तिनीहरुलाई कर्मचारीले सहयोग गर्न सक्दैन अनि हामीले कानुनी बामाजिम उनीहरुलाई सहयोग गर्छौ ।

जहाँसम्म लेखापढि व्यवसायीहरुको कुरा छ उहाँहरुलाई पनि म के भन्न चाहन्छु । उहाँहरुले हामी लेखापढि व्यवसायी मात्र हो भनेर काम गर्नु हुँदैन् । हामी नागरिक पनि हौ, जनता पनि हौ भन्ने सोचेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।

प्रस्तुति : विजय लम्साल/ताण्डव न्यूज ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.