www.tandavnews.com
Fact ~ In search of truth

४ बुँदे सहमतिपछि वडाध्यक्षहरुको धर्ना फर्ता

संजय रेग्मी
पर्वत/ताण्डव न्यूज

विभिन्न ४ बुँदे सहमति भएपछि पर्वतको पैयूँ गाउँपालिकामा धर्नामा बसेका ३ जना वडाध्यक्षहरुले धर्नाको कार्यक्रम स्थगित गरेका छन् ।

गाउँपालिकाकी उपप्रमुख जसमति गुरुङले गाउँपालिका अन्तर्गत वडा नं. ४ हुवासका वडाध्यक्ष मेहन्द्र श्रेष्ठ गाउँपालिकाको जापान भ्रमणमा गएको बिषयमा गाउँपालिकाको कार्यालयमा जानकारी नगराएको कारण स्पष्टीकरण माग गर्दै श्रेष्ठका नाममा पत्र काटेपछि नेकपाबाट बिजयी बनेका श्रेष्ठ र अन्य २ जना वडाध्यक्षहरु उमाकान्त भुर्तेल र बिष्णुप्रसाद काप्mलेले गएको बुधबारदेखि गाउँपालिकाको कार्यालय गेटमा धर्ना दिँदै आएका थिए ।

Batas

धर्नामा बस्दै आएका वडाध्यक्षहरुले काँग्रेसबाट बिजयी बनेकी गाउँपालिकाकी उपप्रमुख गुरुङले राजनीतिक दल फरक भएकै कारण आँपूmहरुलाई अनावश्यक दुःख दिँदै र स्पष्टीकरण सोधेर पदच्युत गर्न खोजेको आरोप सहित धर्नामा बसेर राजीनामा माग गरेका थिए ।

शुक्रबार गाउँपालिकाका प्रमुख खगेन्द्रप्रसाद तिवारी, उपप्रमुख जसमति गुरुङ, गाउँपालिका कार्यकारी अधिकृत उज्वल भुषाल, ईलाका प्रशासन कार्यालयका प्रमुख शोभाखर पोखरेल र ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्य सहित धर्नामा बसेका वडाध्यक्षहरु सहभागी भएको वार्तामा ४ बुँदे सहमति भएपछि धर्नाको कार्यक्रम स्थगन गरिएको वडाध्यक्ष श्रेष्ठले ताण्डवन्यूजलाई जानकारी गराए ।

वार्तामा उपाध्यक्ष गुरुङले स्पष्टीकरण सोधेर लेखेको पत्र खारेज गर्ने, सामाजिक परिचालकहरुलाई पदस्थापना गर्ने, ९ जना सदस्य रहने गरी मुख्य अनुगमन समिति बनाउने र विभागीय समिति मार्पmत विभिन्न आयोजनाका कामहरु अगाडि बढाउने गरी सहमति भएको छ । यसअगाडि ३ दिन सम्म लगातार वार्ताहरु भैरहेको भएपनि सहमति भने जुट्न सकेको थिएन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.