www.tandavnews.com
Fact ~ In search of truth

दोहोरी रेष्टुरेन्ट व्यवसायीको पदस्थापना

पोखरा,
ताण्डव न्यूज ।

पोखरा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघका नव निर्वाचित कार्यसमिति एव मनोनित सल्लाहकारले शुक्रबार पदस्थापना गरेका छन् । साउन १२ गते दुई वर्षे कार्यकालको लागि निर्वाचित कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालय प्रसासकीय अधिकृति अनिलकुमार शाही, कानुनी सल्लाहकार सुरेन्द्रथापा मगरले पदस्थापना गराए ।

कार्यक्रममा बोल्दै प्रशासकीय अधिकृत अनिलकुमार शाहीले दोहोरी साँझको अनुभव र नदेखि बनएका धारणा सत्यता नहुने हुँदा यसलाई चिनुपर्ने जिम्मा संघलाई आएको औल्याए । ‘दोहोरी साँझ यस्तो उस्तो भनेर टिकाटिप्पण्ी गरेको पाइन्छ,’ उनले भने, ‘पहिला भन्दा अहिले दोहोरीलाई केही सकरात्मक सोंच आएको छ ।’

Batas

व्यवसायी संघले एउटा विधि निर्माण गरेर जुनसकुै व्यक्ति वा प्रशासन फेरिएपनि विधि फेरवदल नहुने प्रावधान ल्याउनुपर्ने शाहीले सुझाए । ‘प्रदेश सरकार पोखरामा नै छ । दोहोरी व्यवसायीको बाधा तपाइलाई नै थाहा हुने हो । सरकारमा बस्नीलाई हुँदैन् । त्यसैले कमीकमजोर सहजताको अध्ययन तयार पार्नुहोस्,’ उनले भने ।

संघका निर्वाचित अध्यक्ष जीवन गुरुङले बाँकी रहेका कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । निवर्तमान अध्यक्ष अर्जुन गुरुङले दोहोरी साँझ भित्रको कमी कमजोरलाई आत्मसाथ गर्दै व्यवस्थित लैजानको लागि पहल गरिने औल्याए ।

निर्वाचनपछि बसेको पहिलो बैठकबाट शेरबहादुर गुरुङ, रविन्द्रामन प्रजु, दीपक तिमिल्सिना र हिराबहादुर पुनलाई सल्लाहकारको रुपमा चयन भएका छन् । पदस्थापना कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकरबिरही गुरुङ, सल्लाहकार रविन्द्रमान प्रजु, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन प्रजापतिले शुभकामना दिएका थिए ।

संघका कानुनी सल्लाहकार सुरेन्द्रथापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मनकुमार श्रेष्ठले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.